२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

साेनाम ल्हाेसारकाे अवसरमा तामाङ खानाका परिकारकाे कुक वुक सार्वजनिक तथा खानाका परिकारहरू पनि चखाईने।


६४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ १४, सोमबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल
    नेपाल एक बहुजाती, बहुभाषी, बहु सांस्कृतिक तथा भौगोलिक विविधता सहितको सुन्दर देश हो।
    विश्वले नेपाललाई चिन्ने अनेक पहिचान मध्ये स्थायी आधार स्तम्भ भनेकै नेपाली मौलिकता हो।
    नेपालकाे ऐतिहासिक कालखण्डदेखि अर्थात् मानव सभ्यताको शुरुवात देखि यसठाउंमा बसोबास गर्दै आईरहेका विभिन्न जातिको भाषा, भेषभुषा, रितिरिवाज,रहनसहन, लवाई-खुवाई,जन्मदेखि मृत्युसम्मको जीवन पद्धति ढाँचा,मौलिक धर्म, संस्कृति तथा मूल्य मान्यता बीच अतिनै लोप हुदैन गयको छ यसलाई बचाउनु र विश्व सामु चिनाउनु हाम्रो दायित्व र कर्तब्य हो
    नेपालीकाे मौलिकता नै राष्ट्रियता हो यसको सम्मान गरौ तामाङ सांस्कृतिलाई बचाँउ,भन्ने मुल नाराका साथ आफ्नो बिचारहरु ग्लाेवल नेपालिज सेफ फेडेरेशनका सचिव एवं सेफ प्रेमलाल घिसिङले यसरी राख्नु भयकाे छ।
    तामाङ: नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ जाति पनि एक हो ।
    तामाङ नेपालको मध्य पहाडी क्षेत्रमा १७०० देखि बसोवास गर्दै आएको प्रबजित जाती समुदाय हो । नेपालमा वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८ % जनसङ्ख्या रहेको पाइयको छ।
    तामाङ जाति विशेषगरी पहाडमा बसोबास गर्ने भएकाले पहाडी भेकमा उत्पादन हुने अन्नबाट विभिन्न परिकारहरु बनाउने खाने यसरीनै जीवन आर्जन गर्ने गर्दछन् ।
    जस्तैः तरुल, सखरखण्ड, पिँडालु र आलुबाट बनेका परिकार पनि तामाङ जातिले खान्छन् । ढिँडो, च्याँख्लाको भात, आलुम, खाप्से, कोदोको रोटी, फापरको रोटी, तथा मकैको पुवा लगायत खाना तामाङको मौलिक परिकार रहेको सेफ प्रेमले जानकारी दिनुभयो ।
    तामाङ जातिहरु विभिन्न ठाउमा छरियर बसेका हुनले प्राय अाफु बसेको ठाउँ वरिपरि पाइने र उत्पादन हुने खानालाइ बढी नै खाने गरेको पाइन्छ ।
    बिशेष गरि तामाङहरु मध्ये पाहाडीभेग( प्रदेश नं. ३)मा वढिकाे संख्यामा बसोबास गर्ने भयकाले त्यहि भेगको हावापानी मा उब्जाएको कोदो फापर मकै गहुँ र जौ को ढिडो खाने पाइन्छ ।
    मासुलाई सुकुटी बनाउने पनि गर्छन साथै दाल को रुपमा गहत मास मस्याङ र अालुको दाल पनि बनायर खाने गर्दछन् । तामाङहरुले सुपको रुपमा सिस्नु ,अालु ,भट्मास र गहुको पिठो मिसायर सुपकाे रुपमा सिस्नु, अालु, भट्मास र गहुाकाे पिठाे सुप खाने चलान छ । गुन्द्रुक ,भटमास, मुला ,काक्रो ,केराउ ,गोलभेडा तथा पुदिना को अचार खाने चलन पनि छ ।
    तामाङहरुले यिनै अन्नको विभिन्न प्रकार परिकार बनायर खायको देखिन्छ यि खानाको बारेमा म‌ैले विस्तृत रुपमा लेखेको छु भनेर सेफ प्रेमलाल घिसिङले बताउनु भएकाे छ र सम्पूर्ण नेपालीलाई तामाङ मौलिक भोजन सम्बन्धि चिनाउने जानकारी दिदै काठमाडौैमा नयाँ बानेश्वर स्थित सितल चौतारि रेष्टुरेन्टमा माघ २० गते १.०० वजे सम्पूर्ण सेफहरु तथा नेपालका मौलिक संस्कृतिलाई जाेगाउन लागि पर्ने सम्पूर्ण मा निम्तो दियको जानकारी गराउनु भयको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार