२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मृगौला प्रत्यारोपणका लागी दाताहरु खोज्दै छिरिङ्ग


३३५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ १८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • सुशिलराज गिरी

    धुलिखेल-धेरै धन कमाउने आशामा दुबईपुगेका छिरिङ्ग १८ महिनापछि एक्कासी उच्च रक्तचाप देखिएर उपचारार्थ स्वदेश फर्किएका छन् ।

    नेपालमा उपचार गराउने क्रममा छिरिङ्ग तामाङ्गको मृगौला फेल भएको अस्पतालबाट पुष्टि भएपछि आर्थिक अभावले गर्दा तनावमा परेका छन् छिरिङ्गले उपचारमा आफुसँग भएको सबै सम्पत्ति सकिदा पनी उपचार पूरा हुन नसक्दा खर्च अभाव मा थप उपचार गर्न कठिन हुदै गएका उनकी श्रीमती सलीना तामाङ्गले बताएकी छिन् । दुवै मृगौलाले काम गर्न छोडेपछि ९ महिनादेखि डायलसिस गराउँदै आएका छिरिङ्ग तामाङ्गको उपचारका लागि खर्च जुटाउन हाल सरोकारवाला दातृ निकाय र सहयोग गर्न चाहने ब्यत्ती संघ संस्था र समूह को सहयोगको अपेक्षा गरी रहेका छन् ।

    अस्पतालद्वारा विरामीकी श्रीमती सलीनाकी आमाको मृगौला प्रत्यारोपणका लागि मिल्ने भनेर जानकारी दिएपछि यसका लागि चाहिने झण्डै १५ लाख रुपैया जोहो गर्न उनी भौंतारिएर लागेकी छिन् । अहिलेसम्म कसैसँग सहयोगका लागि हात नफैलाएको भएपनि अब दाताहरुको सहयोग विना सम्भव नभएपछि बाध्य भएर सहयोग माग्न पुगेको उनले बताईन् ।

    अस्पतालमा विरामी कुर्ने आफन्त कोही नभएको र घरमा साना नानीहरुको विचल्ली पर्ने हुन् की भन्ने चिन्ताग्रस्त देखिएकी विरामी छिरिङ्गकी श्रीमती विछिप्त अवस्थामा सहयोग कहा खोज्ने र कस्ले दिन्छन् ? भन्नेमा अलमल्ल परेको बताउँछिन् । सहयोग दिन चाहने दाताहरुलाई उनले यो गम्भिर अवस्थालाई बुझेर एक पटक विरामीको मुख हेरी सहयोग उपलब्ध गराई दिन आग्रह गरेकी छिन् ।

    सहयोग गर्न चाहने जो सुकै दाताहरुले ९८१३९१५३५७ नम्बरमा सम्पर्क गरी सहयोग रकम उपलब्ध गराउन सकिने पनि उनले बताएकी छिन् । त्यसैगरी दाताहरुले बैंकमार्फत सहयोग गर्न चाहेमा नबिल बैंकमा आफ्नो नाममा खाता रहेको र ४२१००१७५०५१९६ खाता नम्बरमा स्वविवेकले जे जति सकिन्छ रकम दाखिला गरिदिन समेत पीडितकी श्रीमती सलीना तामाङ्गले आग्रह गरेकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार