२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौती नगरकपमा कडा प्रतिस्पर्धा


२४५६ पाठक संख्या

पनौती-कुनै समय फुटबलको उर्वरा भूमि भनेर चिनिने पनौती पछिल्लो समयमा ओझेल छाएको थियो । भन्नै

  • नवसंकेत अनलाईन
  • २०७५ माघ २२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-कुनै समय फुटबलको उर्वरा भूमि भनेर चिनिने पनौती पछिल्लो समयमा ओझेल छाएको थियो । भन्नै पर्दा ४ बर्ष निदाएकै हो भन्छन फुटवल पे्रमी, खेल क्षेत्रको सम्भावनालाई विउत्याउने जमर्को सहित पनौती नगरकप फुटबल चलाएमान भएको पाइन्छ ।

    एकाएक सिरान चौरमा फुटबल खेल भएको देख्दा कतिलाई विश्वास नै थिएन, तर उद्घाटन भयो भन्दा विश्वास नगर्नेहरु अहिले खाजाभात छोड्दै फुटबलमा रमेका छन् । लिगकम नकाउटमा खेलाइने खेलमा नगरका १२ वटै वडाले खेलाडीहरु पठाएका छन् । ४ वटा समुहमा विभाजन गरएको उक्त खेलमा समुह क मा वडा नं ७, ८ र ९ समुह ख मा २ ,४ र ५ समुह ग मा ३ ,१० , र १२ र समुह घ मा १ , ६ , र ११ वडा रहेका छन् । प्रत्तेक दिन २÷२ खेल खेलाईदै आएको छ ।

    आफ्नो समुहबाट समुह विजेता फाइनलमा प्रवेश गर्ने खेल आयोजकका संयोजक सविन ताम्राकारले जानकारी गराउनु भएको छ । उहाँका अनुसार सेमी फाईनल खेल २४ र २५ गते हुने छ भने फाईनल खेल २६ गते हुने भएको छ । खेल पे्रमीहरुका अनुसार अहिले सम्मका खेलहरु अत्यन्त कडा प्रतिस्पर्धामा देखिएका छन् । वडानं ४, ५ र ७ , ९ को खेलले फाईनल खेलको झ—झल्को मेटाउने वताउछन् ।

    पनौतीको सिरान चौरमा शनिबारबाट सुरुभएको नगरकपको सुभारम्भ नेपाल सरकारका प्रबक्ता एवं सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्नु भएको थियो । उक्त प्रतियोगितामा विजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छ भने उप—विजेताले ३० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । त्यस्तै सर्वाधिक गोल कर्ताले नगद ७ हजार ५ सय सहित गोल्डेन बुट् प्राप्त गर्ने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार