२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

निजीको नाममा शिक्षामा ब्यापारिकरण गर्न मिल्दैन – बाँस्कोटा


३२१० पाठक संख्या

धुलिखेल-“निजी विद्यालय संञ्चालन गर्ने नाउमा शिक्षामा व्यापारी करण गर्न हुंदैन”, “अंगे्रजी राम्रोसंग बोल्न जान्दैमा निजीमा

  • नवसंकेत अनलाईन
  • २०७५ माघ २२, मंगलबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-“निजी विद्यालय संञ्चालन गर्ने नाउमा शिक्षामा व्यापारी करण गर्न हुंदैन”, “अंगे्रजी राम्रोसंग बोल्न जान्दैमा निजीमा पढ्ने विद्यार्थीहरुको गुणस्तर राम्रो भन्ने भ्रम हो” ।

    उक्त भनाई सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले धुलिखेलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काभ्रेको १३ औँ अधिवेशन उद्घाटन गर्ने क्रममा बताउनु भएको थियो ।

    मन्त्री बाँस्कोटाले थप्नुभयो निजी विद्यालयमा ताला लगाउने पक्षमा सरकार नरहेको तर निजी भित्र रहेको बेथीतिहरु हटाउन अति आवश्यक भएको बताउनु भयो । ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले निजी विद्यालयहरुमा ताला लगाएर बन्द गराउन खोज्यो भन्ने भ्रममा हललाको पछाडी नदौडन सुझाव दिनु भयो । सरकारले निजीमा भएको वेथितिको बारेमा खबरदारी गरेको छ, सरकारको सुझावलाई पालना गर्दै निजीका संचालकहरु अगाडी बढ्न सके कुनै समस्या नहुने तर सरकारको सुझावलाई अटेर गर्दै विज्ञप्ति बाजी गरेमा समस्या आउने बताउनु भयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो शिक्षाको नउमा ब्यापार भएको छ, त्यस्तो कार्य राम्रो होईन सरकार सबै क्षेत्रको विसंगति हटाएर नमूना नेपाल बनाउने दौडमा रहेको बेलामा निजी विद्यालय संञ्चालकहरुको साथ र सहयोगको आवस्यकता रहने बताउनु भयो निजी विद्यालयहरुले व्यापारीकरण नभई आधुनिक गुणस्तरीय ज्ञान दिने थलोको रुपमा विकास गर्नु पर्ने सुझाव दिनु भयो ।
    प्याब्सन काभे्रका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय बरिष्ट सल्लाहकार भोजबहादुर शाह, केन्द्रिय उपाध्यक्ष इश्वरवहादुर गुरुङ्ग, केन्द्रिय महांसचिब राजेन्द्र बानियाँ, काभे्र जिल्ला समन्वय समितिका संयोगज उद्दब केसी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    उक्त १३ औं अधिवेशनबाट पुर्ण कुमार श्रेष्ठको अध्यक्षतामा प्याब्सन काभे्र जिल्ला कार्यसमिति गठन भएको छ, जसको बरिष्ट उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष द्वय भरतवहादुर केसी र महेन्द्र थिङ, सचिब सुरेन्द्र श्रेष्ठ , कोषाध्यक्ष बसन्तराज नेपाल, सह—सचिब द्वय शुसिला पौडेल र छबिरमण पराजुली, सह—कोषाध्यक्ष इन्दु थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा रविन्द्र वुडाथोकी, युगबहादुर पन्त, दिपेन्द्र वहादुर बिष्ट, अर्जुन थापा रहनु भएको छ । त्यसैगरी महाँसमिति प्रतिनिधिमा सुर्यप्रसाद लाकोजु, बिनोद भट्टराई, रमेशराज लवट, रामप्रसाद कोईराला, बिजय दाश उलक र लक्ष्मीनारायण श्रेष्ठ रहनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार