२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सोनाम ल्होछारमा साँस्कृतिक कार्यक्रम


२७०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-तामाङ कला र संस्कृति सम्वर्दनका लागि मनाऔ सोनाम ल्होछार, भन्ने मुल नाराका साथ धुलिखेलमा सम्पन्न भएको ल्होछारमा साँस्कृतिक कार्यक्रमले गर्दा भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

    कार्यक्रमलाई थप रौनक दिनको लागि खाना महोतसवलाई समेत एक साथ अगाडी बढाइएको थियो । काभे्र जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित धुलिखेल नगरलाई चिनाउने कार्यमा सो कार्यक्रमले गर्दा टेवा मिलेको थियो ।

    २८५५ औ फाग (ढ्वा) सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगर प्रमुख अशोक व्याञ्जुले तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होछारले धुलिखेल नगरको थप पहिचान दिने कार्य गरेको बताउनु भयो । उहाँले थप्नुभयो विभिन्न जातिहरुको भाषा, धर्म, सँस्कृति, परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने जिम्मा स्थानीय तहको भएकोले धुलिखेल नगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा तामाङहरुको संस्कृतिको बिषयमा चर्चा गर्दै लामागुरुद्वारा प्रवचन तथा पुजापाठ गरेको थियो । तामाङ कला संस्कृति झल्काउने विभिन्न झाँकी, नाचहरु प्रदर्शन, राष्ट्रिय स्तर एंव ख्यातीप्राप्त स्थानीय कलाकारहरुको प्रस्तुती, तामाङ समुदायमा प्रसिद्व विभिन्न स्वादिष्ट परिकारहरुको खानाको व्यवस्था समेत गरेको थियो । धुलिखेल र आसपासमा रहेका विद्यालयहरुको ल्होछार नृत्य प्रस्तुत गरेर भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु रोज मोक्तान, विश्व दोङ, विशाल काल्तान, इन्दिरा योञ्जन लगायतका कलाकारहरुको प्रस्तुतिले गर्दा तामाङहरुको इतिहासको बारेमा थप जानकारी गराउने कार्य भएको थियो । जुन कार्यले गर्दा धुलिखेल घुम्न आउने आन्तरीक पर्यटक र वाह्य पर्यटकहरुलाई समेत भरपुर्ण मनोरञ्जन भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार