२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शिक्षा नाफा कमाउने क्षेत्र होईन – पोखरेल


२५०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उहाँले उल्लेख गर्नुभयो ।

    चन्द्रागिरी नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताउनुभयो । लगानीकर्ताले संविधानको भावाना अनुरुप कामलाई अघि बढाउनुपर्ने .

    सार्वजाजिक शिक्षालाई सबल बनाउनु पर्ने बताउँदैं प्राविधिक-व्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो । यो बर्ष बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालयमा ल्याउने र अर्को बर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभएको छ । हामी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र, सुखी नेपाली बनाउने एउटा बिराट अभियानमा छौं मन्त्री पोखरेलले भन्नुभयो ः शिक्षालाई नयाँ ढंगले अघि बढाए मात्र यो अभियान सफल हुन्छ ।
    उहाँले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग जोड्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षालाई पुर्वाधारको पनि पुर्वाधारको रुपमा विकास गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा बिज्ञान प्रविधि जोड्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो – बिज्ञान र प्रविधिलाई उत्पादन शक्तिको रुपमा विकास गर्नु पर्ने धारणा राख्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार