२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेमालको तीन विद्यालयमा तामाङ भाषामा शिक्षा


२७६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • तेमाल-तामाङ जातीको वाहुल्यता रहेको तेमाल गाउंपालिकाको ३ विद्यालयमका आगामी शैक्षिक सत्रबाट तामाङ भाषामा शिक्षा दिने तयारी भएको छ । मात्री भाषामा पठनपाठन गर्दा शिक्षाको गुणस्तरमा सुधार आउने भएकोले सो ढंगको शिक्षा प्रदान गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

    नेपाल सरकार भाषा आयोग र भिएसओ नेपालको संयुक्त पहलमा वालशिक्षा र कक्षा १ मा तामाङ मातृभाषामा पठान पाठन गर्ने तयार िगरेको छ । तेमाल गाउँपालिका वडा नं. २ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ५मा रहेको नाराणस्थान मावि र वडा नं. ८ को सेतीदेवी निमाविमा उक्त शिक्षा दिने तयारी गरेको छ ।

    तामाङ मातृभाषामा नै परिक्षा लिने गरी सामाजिक अध्ययन र सिर्जनात्मक कला विषयको पाठ्य पुस्तक निर्माण गर्ने भएको छ । माघ १३ गतेदेखि १७ गतेसम्म उक्त विद्यालयका शिक्षकहरुलाई तालिम दिई पाठ्यपुस्तक निर्माण भएको जानकारी प्राप्त भएको छ । मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम अन्तर्गत पुस्कतकको अनुकुल तथा शिक्षक परामर्श कार्यक्रमबाट पुस्तक तयार पारिएको छ ।

    तेमालमा तामाङ मातृभाषामा शिक्षा कार्यक्रम लागु हुनेभएपछि भाषा आयोगकका अध्यक्षदेखि भाषाविदसम्मको चासो बढेको छ । नयाँ ढंगको शिक्षा लागु गर्ने भएपछि भाषा आयोगकका अध्यक्ष लवदेव अवस्थि देखि भाषाविद् तथा बहुभाषिक शिक्षा विद अमृत योञ्जनले कार्यक्रममा सहभागीता जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार