२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हाईव्रिज विउ नेपालमा उत्पादन सुरु


२८७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-कृषि उत्पादन बृद्धिको लागि बर्णाशंकर (हाईब्रिज) विउ तर्फ कृषकहरु आकर्षण भई रहेको अवस्थामा सो विउ नेपालमै उत्पादन सुुरु भएको छ । कृषकहरुको माग बढ्दै जाँदा ठुलो परिणाममा विदेशबाट बिउ आयात गर्नुपर्ने बाध्यता हुंदा महंगो साथै समयमा विउ नपाउने समस्या कृषकहरुले झेल्दै आएका छन् ।

    विगत लामो समयदेखि विउको क्षेत्रमा कार्य गर्दै उन्नत जातको विउ उत्पादन गर्दै आएका हरियाली विउ उत्पादक कंपनिले हाईव्रिज बिउको उत्पादन सुरु गरेको छ । कम्पनिका डाईरेक्टर डि.बि भण्डारीका अनुसार कम्पनिले उत्पादन गरेको उन्नतजातको विउबाट कृषकहरु सन्तुस्ट रहेकोले हाईव्रिज विउ उत्पादनको कार्य थालेको हो ।

    कम्पनिसंग हाल रामपुर कम्पोजिट मकै ६ हजार ८ सय १५ किलो, मनकामना ४ हजार ४ सय ५० किलो हाईव्रिज खुमल २ मर्क ३ सय ४० किलो रहेको छ । त्यसैगरी धानको विउमा खुमल ४ मकै ४ हजार ७ सय ६० किलो, खुमल १० ३ हजार २ सय २५ किलो र राधा १४ धान २ हजार ६ सय किलोरहेको जानकारी प्राप्त भएको छ । कम्पनिले उत्पादन गरेको विउको बारेमा साथै मुल्यको बिषयमा व्यवसायीहरु संग अन्तक्र्रियना कार्यक्रम गरेको थियो । नेपाल सिड एण्ड फर्टिलाईजर प्रोजेक्ट, युएस आई डि, सिमिट को आयोजनामा भएको उक्त छलफल कार्यक्रममा गुणस्तरीय विउ कृषकहरुलाई सहज ढंगबाट उपलब्ध गराउनु पर्ने बिषयमा छलफल भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार