२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मुवा थाई खेलको खेलाडिलाई १ लाखको विमा


३१४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-तेमाल गाउंपालिकको नारायणस्थानको चौरमा फागुन ३ र ४ गते मुवा थाई खेल हुने भएको छ । १२ लाखको लागतमा हुन लागेको उक्त ३ नं प्रदेश स्तरीय खेलमा ६० टिम सहभागि हुने भएका छन् ।

    मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै युवा थाई संघ काभे्रले काभे्र जिल्लालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउने उद्देस्यले खेलको आयोजना गरेको जानकारी गराएको छ । २०७१ सालमा जिल्ला कमिटी गठन गरी अगाडी बढेको मुवा थाईले ०७३ सालमा धुलिखेलमा खेलको आयोजना गरेको थियो । पहिलो खेल धुलिखेलमा खेलाईएको र दोस्रो तेमालमा र क्रमस काभे्रको कुनाकुनामा खेलको आयोजना गर्दै काभे्र जिल्ला साथै खेललाई परिचित गराउने कार्यलाई अगाडी बढाउने प्रमुख लक्ष रहेको थाईका अध्यक्ष्वा बज्र लामाले जानकारी गरfएका थिए ।

    आयोजक पक्षका १० टिम सहभागि भई खेलाईने उक्त खेलमा प्रथम हुनेलाई १५ हजार नगद, मेडल र प्रमाण पत्र , दोस्रो हुनेलाई १० हजार नगद, मेडल र प्रमाण पत्र र तेस्रो हुनेलाई नगत ५ हजार मेडल र प्रमाण पत्र उपलब्ध गाराउने जानकारी प्राप्त भएको छ । खेलको अवधिभर खेलाडीहरुको विमा गरी खेल आयोजन ागर्ने भएको छ । सो खेल अबधिमा कुनैपनि खेलाडीमा कुनै समस्या भएमा १ लाखको विमा मार्फत उपचार गरिने थाई कााभे्रका सचिव प्रताप सिं लामाले जानकारी गराउन् भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार