२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुग्धेश्वर मन्दिर संरक्षणको लागि महायज्ञ, पाँचखालको ऐतिहासिक मंदिरहरुमा सडकको व्यवस्था गर्छु – खरेल


३०६५ पाठक संख्या

पाँचखाल-पाँचखाल नगरको मुटुमा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर संरक्षण साथै मंदिर हातामा ६४ शिवलिंग स्थापनाको लागि

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरको मुटुमा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर संरक्षण साथै मंदिर हातामा ६४ शिवलिंग स्थापनाको लागि एक्काइसौ ज्ञान महायज्ञको सोमबारबाट सुरुवात भएको छ ।

    यज्ञको उद्घाटन गर्दै पाँचखाल नगरका प्रमुख महेश खरेलले धर्म भनेको मानिलाई सुमार्गमा डोहो¥याउने माध्यम भएको बताउनु भयो । प्रमुख अतिथि खरेलले थप्नुभयो धर्मले देखाएको बाटोमा नहिड्दा बिभिन्न विक्रितिहरु निम्तिएको बताउनु भयो । कुनै पनि धर्मले मानवजातिको हितको लागि मार्ग देखाउने माध्यम भएकोले धर्ममा आस्था राख्नु अति आवश्यक भएको बताउनु भयो । पैसा कमाउने होडमा धर्मलाई विर्सिदा समस्याहरु आएको वताउंदै खरेलले भन्नुभयो पहिला धर्मकार्यलाई समय दिनु पर्छ , पैसा कमाउने कार्यलाई दोस्रो प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

    उद्घाटन कार्यक्रममा प्रमुख अतिथि खरेलले भन्नुभयो “सत्य युगदेखि नै पाँचखालमा रहेको ४ मंदिरले गर्दा नगरलाई परिचित गराएको छ” । नगरमा रहेको मन्दिरहरु मध्य दुग्धेश्वर महादेव मन्दिर, भगवान महांदेवको श्रीमति सतिदेविको मृत्यु पश्चात सतिको छाला पतन भएको स्थानको रुपमा परिचित रहेको ऐतिहासिक मंदिर भएको बताउनु भयो । ऐतिहासिक मंदिरहरुको संरक्षण गर्नु नगरको साथै स्थानियहरुको कर्तव्य भएकोले नगरको तर्फबाट ऐतिहासिक मंदिरको संरक्षण तथा सो स्थान सम्म जाने सडकको व्यवस्थ गर्ने वताउनु भयो ।
    पाँचखालको इतिहासको रुपमा रहेको पलाञ्चोक भगवति, दुग्धेश्वर महादेव, धनलक्ष्मी र कोटदेवीको संरक्षण साथै भक्तजनहरुलाई आवत जावत कोलागि सहज गर्न सडकको व्यवस्थ गर्न खरेलले बताउनु भयो । उहाँले भन्नुभयो आफु पाँचखालको हितको लागि कार्य गर्ने सेवक रहेकोले नगरवासिहरुको हातमा हात, काँधमा काँध मिलाएर अगाढी बढ्ने बताउनु भयो ।

    दुग्धेश्वर मंदिर संरक्षण तथा व्यवस्थापन समिति एवं श्रीमतभागवत परोपकार सेवा कुञ्जको आयोजनामा भएको उक्त कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष शिवसरण लामा, वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङ, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो । आयोजक समितिका अध्यक्ष रामहरी गिरीको सभापतित्वमा उद्घाटन भएको उक्त कार्यक्रममा कान्छाराज गिरीले स्वागत मन्तव्य राखनु भएको थियो भने कार्यक्रमको संञ्चालन पवन सापकोटाले गर्नु भएको थियो । महांयज्ञमा प्रमुख कथा वाचकको रुपमा पं. विनोद सापकोटा र उप—वाचक उज्ज्वल सिग्देल रहनु भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको ऐतिहासिक दुग्धेश्वर मंदिर बाजुराम गिरीको अध्यक्षतामा ०६१÷०६२ मा पुनर निर्माण भएको थियो । सो पुनर निर्माण कार्यको लागि स्थानिय, जिल्ला विकास समितिको कार्यालय काभे्र, पुरातत्व विभाग समेतले सहयोग गरेको थियो । मंदिर पुनर निर्माणको क्रममा ९ शय बर्ष भन्दा पुरानो ऐतिहासिक भएको पुरातत्व विभागको अभिलेखमा पाईएको थियो । ०७२ मा गएको बिनासकारी भूकम्पका कारण क्षती भएको उक्त ऐतिहासिक मंनिरको संरक्षण गर्ने उद्देश्यले सोमबारबाट सुरुभएको महांयज्ञ फाल्गुण ठ गते सम्म चल्ने आयोजक पक्षले जानकार िगराएका छन् । सो महांयज्ञमा सामुहिक ब्रतबन्ध समेत गरीने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार