२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घुस लिदा लिदै मातछें पक्राऊ


२४०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाइ २५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

    जग्गा खरिद बिक्रिको कारोवारमा कुरा नमिल्दा जग्गा खरिद गर्ने मनसायले दिएको बैना रकम फिर्ताको लागि प्रशासन कार्यालयमा पुगेका पिडिसंग २५ हजार घुस दिए रकम फिर्ता गराउने सर्त राखेपछि घुस लिदै गर्दा पक्राउ परेको स्रोतले बताएको छ । जग्गा किनबेचको लागि बैना स्वरुप ३ लाख ५० हजार दिएको थियो । सोही बैनाको रकम फिर्ता माग्दा विवाद भएपछि प्रशासन कार्यालयमा पिडित पुगेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार