२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेलमिलाप कर्ताको कारण पाँचखालमा मुद्धा जन्मदैन – खरेल


३५३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले मेलमिलाप कर्ताहरुका कारण पाँचखालबाट अदालत जाने मुद्धाहरु बिस्तारै सुन्य हुने बताउनु भयो । मिलापको कार्य गर्दा कुनैपनि राजनिितक आस्थालाई पाखा पन्छाएर निस्पक्ष ढंगबाट कार्य गर्नुपर्ने बताउनु भयो ।

    पाँचखालमा आयोजित सामुदायिक मेलमिलाप सम्बन्धि नगरपालिका स्तरिय अभ्यास आदान प्रदान तथा सूचिकृत, मेलमिलापकर्ताहरुलाई परिचय पत्र बितरण कार्यक्रममा प्रमुख अतिथि खरेलले उक्त धारणा राखनु भएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि खरेलले पाँचखालमा हुने सामान्य बिवादको कारण अदालतमा पुगेर समय र पैसाको खर्च गर्नुपर्ने अवस्थाको अन्य गर्ने बिषयमा मेलमिलाप कर्ता साथै पाँचखाल स्थित न्यायिक समिति समक्ष हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । पाँचखालमा गठित मेलमिलाप कर्ताहरुको व्यवस्थापनको लागि नगरले सक्दो सहयोग गर्ने बताउंदै निस्पक्षता ढंगको कार्यहुनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा पाँचखाल न्यायिक समितिका संयोजक एवं पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारले पााचखालमा रहेको ७९ जना मेलमिलाप कर्ताले पगर्दा पाँचखालमा सदा शान्ति आउने बताउनु भयो । मेलमिलाप कर्ताहरुको समस्या भनेको पाँचखाल नगरकै समस्या रहेकोले समाधानको लागि नजगर तयार रहेको बताउनु भयो । मेलमिलाप कर्ताहरुको साथमा न्यायिक समिति साथै पाँचखाल नगर समेतको मिलिमतोमा कार्य गर्दा पाँचखालको मेलमिलाप उत्कृष्ट रहने बताउनु भयो ।

    प्रकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र तथा पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई ,पाँचखाल नगरपालिकाका वडाध्यक्षहरु हरेराम खतिवडा, शुन्दर तामाङ,शंजय तामाङ, पुष्कर ढकाल, किरण श्रेष्ठ, गोपालबहादुर दनुवार, शुकबिर लामा लगायतका वडाध्क्षहरुले आ—आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरी कार्यक्रममा परमात्मा पराजुली, उमा थापा, रिता मानन्धरले मेलमिलाप कर्ताहरुको भूमिकाको बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा १३ वटै वडाका संयोजकहरुले मेलमिलाप कर्ताको महत्व र आवस्यकता साथै चुनौतीको बारेमा आ—आफ्नो बिचार राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार