२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गाेल्डेन फ्युचरकाे शैक्षिक प्रदर्शनी राेवर्ट आकर्षण।


३६१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माेहन गजुरेल /काभ्रे -पांचखाल नगरपालिकाकाे पुरानाे निजि शैक्षिक संस्थाको रूपमा स्थापित गाेल्डेन फ्युचर मा.वि. ले शैक्षिक प्रदर्शनी २०७५ सम्पन्न गरेको छ।
    विधालय संचालक समितिका अध्यक्ष वद्रि वहादुर महतले उक्त शैक्षिक प्रदर्शनीकाे एक कार्यक्रमका विच उद्घाटन गरेका थिए।
    विधार्थिमा भयकाे ज्ञन ,सीप र क्षमतालाई व्यवहारमा प्रस्फुटन गर्न प्रदर्शनीले मद्दत पुग्ने मात्र नभयर अरूलाई पनि ज्ञान दिन शैक्षिक प्रदर्शनीले सहयाेग पुर्याउने कुरा विधालयका प्राचार्य विशाल घिमिरेले वताए।अघिल्लो वर्षको त्यस्तै प्रकृतिकाे प्रदर्शनीको सफलता संगै यस वर्ष पनि आयाेजना गरियकाे भनाई प्राचार्य घिमिरे वताउंछन।
    काभ्रेका शहरहरूमा स्थापित संस्थागत विद्यालयसँग मज्जाले ग्रामीण भेगका विद्यालयले प्रतिस्पर्धा गर्ने गर्दछन् । न्यूनतम शूल्कमा उच्च स्तरिय शिक्षा प्रदान गर्दै हरेक बर्ष ग्रामीण भेगका विद्यालयले एसईई परिक्षामा जिल्ला तथा बोर्ड प्रथम हुने विद्यालय छन् ।
    काभ्रेको विशेष गरि शहरि भेग बनेपा, धुलिखेल तथा पनौतीका विद्यालयहरुले समेत उत्कृष्ट खालको विज्ञान प्रर्दशनी गर्न नसकेको समयमा काभ्रेको पाँचखालमा रहेको गोल्डेन फ्यूर माविले जिल्लामै उत्कृष्ट विज्ञान प्रर्दशन गरेका छन् । गोल्डेनले तीनदिनसम्म बृहत बिज्ञान प्रर्दशनी गरेको हो । पाँचखालमा विगतका बर्षहरुमा अरु विद्यालयले समेत यस्तै प्रकृतीका प्रर्दशनी गरे पनि यो फरक र अभिभावकको मन जित्ने खालको रहेको थियो । फागुन १२,१३र १४ गतेसम्म चलेको बृहत बिज्ञान प्रर्दशनीमा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई किताबी ज्ञानका साथै प्रयोगात्मक शिक्षा प्रदान गरेको भन्दै निकै खुसी व्यक्त गरेका थिए।
    विद्यालयकाे आफ्नै प्राङ्गणमा चलेको प्रदर्शनी हेर्न छिमेकी जिल्ला सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न ३० भन्दा वढि विद्यालयका शिक्षक तथा विद्यार्थीहरु गाल्डेन फ्युचर पुगेका थिए । काभ्रेको गोल्डेन फ्युचर माध्यमिक विद्यालयका विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट ‘गोल्डेन गर्ल’ बनाएका छन् । कक्षा १२ मा अध्ययनरत सिर्जनले रोबोटले अङ्ग्रेजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । लसिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् ।
    अवलोकनकर्ताले ‘What is your name?’ भनेर सोध्दा रोबोटले ‘My name is Golden girl ’ भन्ने गर्दछ । विधालयले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि आफूले रोबोट बनाएको उनले बताए । रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् । “रोबोट बनाउन एक महीना लाग्यो”, सिर्जनले भनिन, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” अहिले विद्यालयले आयोजना गरेको तीनदिने शैक्षिक प्रदर्शनीमा सिर्जनले बनाएको रोबोर्टले आकर्षण बढाएको छ ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’पानीजहाज ,रेल,केवुकार,तथा ड्रोन रहेका छन् ।साथै कार्यक्रममा खेलकुद ,स्थानीय लाेप हुनलागेका सामग्रीहरूकाे प्रदर्शनी ,नेवार,तामाङ ,दनुवार जातिको पहिचान दिलाउने लगायतका सांस्कृतिक कार्यक्रमहरू र IT का सामग्रिहरूकाे समेत प्रदर्शनी भयकाे थियाे।
    पाँचखालको ग्रिन सिटी कस्तो रहने भन्ने समेत विद्यार्थीहरुले सो मेलामा प्रर्दशन गरेका छन् । उनीहरुले धरहरासँगै केही महत्वपुर्ण बस्तुहरुको समेत प्रदर्शन गरेका छन् । अवलोकन गर्न आएका अभिभावकले विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएको बताए । सानासाना वालवालिकाहरुले मेहनत गरेर प्रतिभा सार्वजनिक गरेको सुनाउँदै आगामी दिनहरुमा समेत यस्तै कार्यको आयोजना हुनेमा उनले विश्वास व्यक्त गरे ।प्रदर्शनीको संयाेजन शिक्षक भाेला सापकोटाले सम्हालेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार