२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

आइ.पि.एम तर्फ पाँचखालका कृषक आकर्षित,कृषक तरीका भन्दा दोबर आम्दानी


४४६३ पाठक संख्या

पाँचखाल-कृषि नगरको रुपमा परिचित पाँचखालका कृषकहरु आइ.पि.एम तर्फ आकर्षित हुन थालेका छन् । पाँचखालमा उत्पादन

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-कृषि नगरको रुपमा परिचित पाँचखालका कृषकहरु आइ.पि.एम तर्फ आकर्षित हुन थालेका छन् । पाँचखालमा उत्पादन हुने तरकारीमा बिषादीको मात्रा प्रयोग नै नगरी खेती गर्नको लागि कृषकहरु आइ.पि.एम तर्फ आकर्षित भएका हुन् ।

    “आइ.पि.एम प्रबिधि अपनाऔं स्वच्छ बालि उत्पादन गरौं” भन्ने मुल नाराका साथ अगनाडी बढेका कृषकहरुले सो सम्बन्धि २० हप्ते तालिम हासिल गरेका छन् । लवग्रीन नेपाल वातावरण मैत्ती एकीकृत दिगो कृषि विकास परियोजनाद्वारा आयोजित तथा प्रतिष्ठा कृषि सहकारी संस्थाकोे समन्वयमा संञ्चालित प्रतिष्ठा आइ.पि.एम कृषक पाठशालामा ३५ जना अगुवा कृषकहरु सहभागि रहेका थिए ।
    १६२ बर्गमिटर (५ आना) जग्गामा कृषक तरीका र सोही बरावरको क्षेत्रफलमा आइ.पि.एम तरिकाले गरेको खेतीको प्रयोगात्मक तरीका अपनाइएको थियो ।

    पाँचखालको अन्य स्थानमा जस्तैगरी पाँचखाल नपा वडा नं ३ काफ्ले डिहिमा गरीएको सो खेतीमा आइ.पि.एम तरीले गरेको ठाउमा ३ हजार ३ सय ३३ खर्च हुंदा १९ हजार २ सय ८२ आम्दानी भई कुल नाफा १५ हजार ९ सय ४४ रहेको थियो । त्यसैगरी कृषक तरीकाले खेती गर्दा ५ हजार ४ सय १० खर्च आम्दानी ११ हजार ८ सय ११ भई नाफा ६ हजार ४ सय १ भएको थियो । त्यसैगरी कृषक तरीकाले भन्दा आइ.पि.एम तरीकाले खेती गर्दा उत्पादनमा समेत कृषक तरिका भन्दा आई.पि.एम तरीकाबाट झण्डै दोबर भएको थियो ।

    पाठशालाको समापनको क्रममा पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल पाँचखाललाई आइ.पि.एम पद्धतिबाट स्वस्थ्य बाली उत्पादनको क्षेत्र बनाउनु पर्नेमा जोड दिनु भयो । वहाँले बेहीवर्ष अघि सञ्चार माध्यमले गरिदिएको हल्ला जस्तो हाल स्थिति नरहेको र विषादीको प्रयोगको न्यूनीकरण हुदै गएको प्रस्ट पार्नु भयो । साथै कृषकहरुले तरकारीको यथोचित मुल्य नपाएको अवस्थामा अव नगरपारिकाले सहकारीहरुसंग मिलेर कृषकलाई उचित मुल्य दिलाउन सहयोग गर्ने बताउनु भयो ।

    त्यसैगरी लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीले पाँचखालमा उत्पादन हुने तरकारीहरु आइ.पि.एम तरीकाले उत्पादन गराउने बिषयमा एकीकृत दिगो कृषि विकास परियोजना निरन्तर रुपमा लागि रहेको बताउनु भयो । उहांले थप्नुभयो ईण्डोनेसियाबाट सुरुभएको यो तरीकाले पाँचखालमा पुर्ण रुपमा खेती गराउने बिषयमा अगुवा कृषकहरुलाई तालिम दिदै आएको बताउनु भयो । कृषि समुह, सहकारीहरु, नगरपालिकासंग समन्वय गरेर कृषकहरुबिच नयां ढंगको मोडेल तयार गरेर अगाडी बढेको बताउनु भयो ।

    कार्यक्रममा कार्यकारी निर्देशक ज्ञवालीले भन्नुभयो हाल सम्म पाँचखालका ६ सय कृषकहरुसंग अन्तक्र्रिया गरेर अगाडी बढेको बताउनु भयो । धेरै ठाउमा प्रयोगात्मक तरीका अपनाई सकेकोर सवै ठाउमा राम्रोसंग सफल भएको बताउनु भयो । कृषकहरुले धेरै सिकेका छन् जति सिकेको छ सबै व्यवहारमा उतार्ने हो भने पाँचखाल आ.पि.एम मय हुने बताउनु भयो ।

    आइ.पि.एम कृषक पाठशालाका अध्यक्ष शिता बानियांको सभापतित्वमा सम्पन्न उक्त समापन कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडाअध्यक्ष शुन्दर अधिकारी, प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष पुर्णप्रसाद दुलाल, प्रशिक्षक देविप्रसाद गौतम, आइ.पि.एममा सहभागी कृषकहरुका मध्यवाट उत्तम सापकोटा र सरस्वती अधिकारी लगायतले आ—आफ्नो धारणा व्यत्त, गर्नु भएको थियो । राधिका दुलाल द्वारा स्वागत मन्तव्य राखी सुरु भएको कार्यक्रममा विभिन्न प्रकारको मनोरञ्जनात्मक कार्यक्रम समेत रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार