२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वयंसेवीकाहरु छाडा चौपाय धवाउन व्यस्त,काञ्जी हाउसको अभावले चौपायको विचल्ली


२७७९ पाठक संख्या

पाँचखाल-सामाजिक कार्यमा रुची राख्दै निःस्वर्थ ढंगबाट सेवा गर्दै आएका स्वयंसेवीकाहरु अव सडकमा छाडा छोडेका चौपायहरु

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-सामाजिक कार्यमा रुची राख्दै निःस्वर्थ ढंगबाट सेवा गर्दै आएका स्वयंसेवीकाहरु अव सडकमा छाडा छोडेका चौपायहरु धवाउनमै व्यस्त हुनुपर्ने भएको छ ।

    पाँचखाल स्थित अरनिको राजमार्ग साथै केराघारी, तिनपिप्ले, पाँचखाल, लगायतका स्थानहरुमा कस्ले कतिखेर गाई र बाच्छा बाच्छि छाड्छन भन्ने पत्तै छैन । कस्ले ल्याएर छाड्छ भनेर निकै चियो गर्दा पनि जानकारी हुन अलि कठिन भैरहेको छ । चौपायहरु डोहो¥याउदै आउनेहरुसंग सोध्धा पाल्न लाने बताउंछन् तर कतिखेर कस्ले छोड्छ थाहा हुदैन ।

    छाडा छोडेका चौपायहरुले करेसा बारीमा लगाएको तरकारी बालि नास गर्ने मात्रै नभएर खेतबारीमा समेत निकै दुःख दिने गरेको छ । चौपायले सारै दुःख दिएकोले महिला स्वस्थ्य स्वयंसेबिकाको भुमिका निर्वाह गर्दै आउनु भएकी कान्छी पौडेलले बस्ति तथा खेतिबाट टाडा सम्म चौपाएहरु धबाउंदै आफ्नो साथै टोलवासीकै बालिनालि सुरक्षीत गर्ने कार्यमा जुट्ने गर्नु भएको छ ।

    पाँचखाल र आसपासका क्षेत्रमा छाडा छोडेका चौपाएको व्यवस्था गर्ने भन्दै धेरै संघ संस्थाले आस्वासन बाड्ने काम निरन्तर रुपमा अगाडी बढाए तर काम हुन सकेन । स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात जनप्रतिनीधिहरुले पनि कान्जी हाउस निर्माण गर्ने बिषयमा निकै आश्वासन बाड्ने काम मात्र नभएर जग्गाको खोजि समेत भयो । जुन कार्यलाई स्थानियले साथ सहयोग गर्न समेत तयार हुंदै चौपाएको व्यवस्थाले बालिमा नोक्सानी व्योहोर्नु नपर्ने भन्दै कृषक समेत दंग तर व्यवस्था हुन नसक्दा समस्या जिंउका तिउ रहेको छ ।

    छाडा चौपायहरुलाई कृषकहरुले आफ्नो बालि संरक्षणको लागि लखेट्न बाध्य भएकाछन् । लखेटीएको चौपायहरु पाँचखाल र आसपासमा भएका जंगलहरुमा पठाउंदा चर्नको लागि घाँस भएपनि पिउनको लागि पानी नपाउंदा पानी पिउन नपाएर मर्ने गरेका छन् । जसको कारण जंगल दुर्गन्धित भएको छ । उपत्यका र आसपासको स्थानमा गाई पालेर दुध आउन्जेल दुध खाने र लखेट्दीने कार्यले गर्दा चौपायहरुको विजोग भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार