२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अक्षरमार्गको पुस्तक विमोचित


२५३८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • पनौती- अक्षरमार्गद्धारा प्रकाशित आकासको जून र नानीको फूलबारी नामक दुई बालकविता सङ्ग्रहको विमोचन एक कार्यक्रमका वीच बालसाहित्यकार तथा बाल साहित्य समाज नेपालका अध्यक्ष शैलेन्द्रूप्रकाश नेपाल, विशिष्ट अतिथि पनौती न.पा.का नगरप्रमुख, विशेष अतिथि कार्तिकेय घिमिर, साहित्यकार सूर्यप्रसाद लाकोजू, गायक विजयराम कर्माचार्य, लगायतले संयुक्त रूपमा गरेका थिए ।

    कवि सुभद्रा दहालद्धारा रतित दुई कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथिय मन्तब्य दिंदै प्रमुख अतिथि बालसाहित्यकार शैलेन्द्रूप्रकाश नेपालले बालसाहित्यको महत्व बढ्दै गएको विचार ब्यक्त गरेका थिए । एक प्रसङ्गमा उहाँले पहिलो बाल साहित्यकार भनेको बालकको आमा भएको कुरा पनि बताए । कार्यक्रमका विशिष्ट अतिथि पनौती न.पा.का नगरप्रमुखले साहित्यको, बालसाहित्यकार कार्तिकेय घिमिर, साहित्यकार सूर्यप्रसाद लाकोजू, विजयराम कर्माचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

    साहित्यकार सुभद्रा दहालले आफ्ना विमोचित दुई कृतिका बारेमा विचार पोखेका थिए भने कृतिमाथि टिप्पणी देबू लुइँटेलले गरेका थिए । अक्षरमार्गका सम्पादक तथा प्रकाशक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन रामसुन्दर देउजाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार