२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नुन खोज्दै जाँदा शिवरात्रीमा बनेपामा


२६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-महान पर्व शिवरात्रीको अवसरका ‘नुन खोज्दै जाँदा’ बनेपाको शुभकामना हलमा प्रदर्शन हुने भएको छ ।

    विल्कुलै फरक स्वादको पृथक नेपाली लघु चलचित्र ‘नुन खोज्दै जाँदा’ शिवरात्रीको अवसरमा च्यारिटि शो गर्न लागिएको हो । चलचित्रले नेपाली समाजमा व्याप्त विकृतिलाई उठान गर्न खोजिएको निर्माण पक्षको दावी छ । समाजका विकृतिलाई हटाइ स्वस्थ समाज निर्माण गर्न सबैजना लाग्नुपर्छ भनने मूल सन्देश रहेको छ ‘नुन खोज्दै जाँदा’ मा ।

    सुमन वाग्लेको प्रस्तुति चलचित्र ‘नुन खोज्दै जाँदा’ मा बिष्णु रिजाल र शिव आचार्य निर्माता रहेका छन् । सुमन वाग्लेको छायाँकन, अरुणजंग शाहीको सम्पादन, बिष्णु रिजालको कथा, पटकथा रहेको छ भने चलचित्रको परिकल्पना तथा निर्देशन पनि सुमन वाग्लेले रहेको छ ।

    ड्रिम वल्र्ड प्रालिले निर्माण गरेको यो चलचित्र काभ्रेको कोशिपारीमा छायाँकन गरिएको हो । चलचित्रमा विष्णु रिजाल, कमला भण्डारी, सिरोज दाहाल, शिव आचार्य, शुशिल संैजु, पुजन धिताल लगायतको अभिनय रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार