२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदेस सभासंद लम्सालले सम्झीय पुर्ब वडा अध्यक्ष


२१७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  •  

    पाँचखाल÷ पाँचखाल ५ का नक्षेत्र नेकपा का पुर्ब वडा अध्यक्ष पाँचखाल ५ का अभिभावक ,स्थानिय नेता बलराम सापकोटा को १२औं दिन को पुण्य तिथि फागुन १३ गते सोमवार सापकोटा कै घरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
    श्रद्धाञ्जली सभा प्रमुख अतिथि प्रदेस सभासंद माननीय लक्ष्मन लम्साल, अतिथि पुर्ब सभासद तेजबहादुर मिजार,जिल्ला समन्वय समिति उप प्रमुख मन्जु गौतम,रुद्र बहादुर बानियाँ, आईत मान तामाङ लगाएतका नेकपा नेता तथा कार्यकर्ता विभिन्न संघ संस्था का प्रमुख बुद्धिजीवी तथा स्थानीय ब्यक्तीत्व को बाक्लो उपस्थिती मा सम्पन्न भएको थियो ।
    उत्त श्रद्धाञ्जली सभा लाई तेजप्रसाद तिमल्सिना ले स्व. बलराम सापकोटा ले पुर्याएको योगदानका बारेमा चर्चा गरेर सुरु गर्नु भएको थियो । विभिन्न ब्यत्तीत्वले ले स्व. बलराम सापकोटा ले पाँचखाल को बिकास र ५ नं . वडा को लागि गर्नु भएको योगदान को चर्चा गर्नु भएको थियो । श्रद्धाञ्जली सभा प्रमुख अतिथि प्रदेस सभासंद माननीय लक्ष्मन लम्साल ले स्व. बलराम सापकोटा को मृत्यु ले सिङ्गो वडा अभिभावक बिहिन भएको बताउदै सोक लाई शक्ति मा परिवर्तन गर्न र स्व. बलराम सापकोटा लाई सम्मान र श्रद्धाञ्जली प्रकट गर्न सबै मिलेर लाग्नु पर्ने र बिकास र समृद्धि को लागि उहाले अधुरो छाड्नु भएको काम पूरा गरेर श्रद्धाञ्जली प्रकट हुने बताउनु भयो। सभा लाई समापन गर्दै पाँचखाल ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले स्व. बलराम सापकोटा को मृत्युु ले सिङ्गो वडा ले एउटा अभिभावक मात्र गुमाएन एउटा ठुलो क्षति समेत ब्यहोरेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार