२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्वर्णिम श्रीमद्भागवत शुभारम्भ


२७९१ पाठक संख्या

बेथानचोक-बेथानचोक–४ पाटीखर्क छत्रेस्थित तिलेश्वर महादेवको मन्दिर निर्माणको लागि सहयोगार्थ आयोजित सप्ताहको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • बेथानचोक-बेथानचोक–४ पाटीखर्क छत्रेस्थित तिलेश्वर महादेवको मन्दिर निर्माणको लागि सहयोगार्थ आयोजित सप्ताहको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बसुन्धरा हुमागाईले सात दिन सम्म लगाइने सप्ताहको मुख्य उद्धेश्य प्राप्तिका लागि नागरिक आ–आफ्नो स्थानबाट माथि उठ्न आग्रह गर्नुभयो ।

    सांसद हुमागाईले भन्नुभयो, ‘यहाँहरुले पुरा गर्न सक्नुभएन भने धार्मिक पर्यटन क्षेत्र निर्माणका लागि गुरुयोजना बनिसकेको छ । त्यसैले उक्त योजना पूरा गर्न नपुग आवश्यक रकम सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ सांसद हुमागाईले तिलेश्वर महादेवको मन्दिर निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो । उहाँले स्थानीय स्तरबाट दिल खोलेर सहयोग गरेको रकमले नपुगेको खण्डमा बाँकी नपुग रकम सहयोगको जिम्मा आफूले लिने समेत बताउनुभयो ।

    तिलेश्वर महादेव परिसरमा आयोजित भागवत सप्ताहमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थाले भन्नुभयो,–‘यो सुखद संयोगमा बोल्न पाउँदा अनि अति नै आभारी छु । यो पावन अवसरमा मन मष्तिष्कले सहयोग गर्दछौं । यो पावन अवसरमा नयाँ पिढीलाई आकर्षण गर्न सक्यो भने भागवतको श्रवणल आफ्नो अस्तित्वको पहिचान खुल्छ । जीवन भनेको खहरे होईन तात्कालिन तर्फ उन्मुख हुन आवश्यक छ । आफ्नो परिचय खुल्छ भागवतले त्यसैले प्रष्ट हुन आवश्यक छ । संविधान र कानुनमा के लेखियो भन्ने होईन । संविधानमा स्पष्ट लेखिएको छ धर्मको अभ्यास गर्ने कुरामा स्वतन्त्र छौं । उदार छौं तर धर्म परिवर्तन गराउने कुरामा जुन अभ्यास भएको छ त्यसका विरुद्ध हामी आफ्नो ठाउँबाट उठ्न जरुरी छ ।’

    यदि यसो गरिन्छ भने हामी प्रत्येक ओमकार आ–आफ्नो स्थानबाट माथि उठ्न आवश्यक छ भन्दै नेता थापाले धर्म परिवर्तन गराउन पाइदैन भन्ने धारणा राख्नुभयो । प्रत्येक स्थानीय सरकारले यसतर्फ सचेत हुन आवश्यक छ रहेको र संविधान भित्र रहेर धर्म परिवर्तनलाई रोक्न अपरिहार्य भएको समेत नेता थापाले खुलाउनुभयो ।

    कार्यक्रममा पूर्वाङ्ग सुरु हुनु अघि गाउँपालिकालाई सुसूचित हुने गरी भक्तजनहरुद्वारा कलश यात्रा गरिएको थियो । कार्यक्रममा बेथाञ्चोक गापाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, राष्ट्रिय विभुती नारीरत्न पं.अनुराधा शास्त्री, १०८ भागवत संकल्पकर्ता मुमुक्षु पं. उद्धव शर्मा लगायतले भागवतको महत्व र प्रभावकारिताको बारेमा चर्चा गर्नुभएको थियो । स्वागत मन्तव्य वडा नं. ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

    कार्यक्रमको सभापतित्व तिलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव अच्युत सञ्जेलले गर्नुभएको थियो । सञ्जेलका अनुसार मंगलबार साँझसम्ममा २ लाख ३० हजार ७ सय ९ रुपैयाँ नगद संकलन भएको र उक्त रकम विन्धवासिनी साकोसमा जम्मा गरिएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार