२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

जोरपाटी माविको सुविधा सम्पन्न भवन बन्दै


२१०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरको अति रमणिय स्थान तिनपिप्लेमा रहेको जोरपाटी माध्यमिक विद्यालय पुनर निर्माण हुने भएको छ । विनासकारी महांभूकम्पले तहस नहस पारेको उक्त विद्यालय निर्माणको लागि यसियाली बिकास बैंकले सहयोग गर्ने भएको छ ।

    राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाइले निर्माण कम्पनिसंग सम्झौंता गरी निर्माण कार्य सुरु भएको छ । कुल ५ करोड ६ लाख ८८ हजार ७ सय ४१ को लागतमा १२ कोठे सुबिधा सम्पन्न भवन र शौचालय निर्माण हुने भएको छ ।

    स्वच्छन्द निर्माण कम्पनिले ठेक्का लिई निर्माण कार्यलाई तिब्र गतिले अगाडि बढाएको छ । कम्पनिका ठेकेदार नवराज गौतमका अनुसार २०७७ श्रावन २ गते सम्म निर्माण कार्य सम्पन्न हुने जानकारी गनाराउनु भएको छ ।
    विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाका अनुसार विनासकारी महांभूकम्पले बिद्यालय भवन पुर्ण रुपमा क्षति भएकोले पठनपाठन गर्न समस्या भएको अवस्थामा निर्माण हुनलागेको भवनले गर्दा आगामी दिन विद्यार्थीहरु भए रहित ढंगबाट अध्ययन गर्न पाउने छन् । निर्माण कार्यको लागि स्थानियले साथ सहयोग साथै गुणस्तरताको बिषयमा समेत ध्यान दिएकोले निर्धारित समय भित्र निर्माण कार्य सम्पन्न हुने आशा रहेको बताउनु भयो ।

    विद्यायल व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तका अनुसार भवन निर्माणको समयमा विद्यार्थीहरुको पठनपाठनलाई कुनै अवरोध नपु¥याई निरन्तर रुपमा कक्षा संञ्चालन गर्ने वातावरण मिलाएका छौं । सम्झौता अनुसारको गुणस्तरीय भवन निर्माण भए नभएको बिषयमा आफु, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिका साथिहरु साथै स्थानियहरुले निगरानि राख्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार