२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गजलकार गुमनामको “समय आएपछि” बजारमा


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-नेपाली संगित जगतमा अलग उर्जा सहित गजल संग्रह “समय आएपछि” बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रिको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् । मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गरेका छन् ।

    डि.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गाएक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् । म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ ।

    प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक के.सि, ग्राफर विशेष मर्हजन, र सम्पादन नविन भट्टले गरेका छन् । गजलको म्युजिक भिडियो पर्यटकिय नगरी धुलिखेलमा छांयाकन गरिएको डि.ए.आर. मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) ले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार