२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेज रिजालको लोक दोहोरी गित “पिपलडाँडे ठिटो” बजारमा


२४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १७, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • प्रवासमा रहेका नेपाली लोक दोहोरी कलाकार तेज रिजालको दोस्रो लोक दोहोरी गित बजारमा आएको छ । सिन्धुपाल्चोक घर भई हाल मलेसियामा काम गर्दै आईरहेका रिजालले आफ्नो दोस्रो नयाँ लोक दोहोरी गित “पिपलडाँडे ठिटो” आम दर्शकमाझ लेराएका हुन् ।

    रिजाल संगितमा आशा लाग्दा व्यक्तिका रुपमा आफुलाई चिनाउने प्रयास गर्दै आईरहेका छन् । नेपाली लोक गित संगितलाई निकैनै माया गर्ने रिजालले लोक संस्कृति उत्थानकालागि आफ्नो प्रवासि जिवनको पसिना लोक दोहोरिमा लगाईरहेकाछन् । सिन्धुपाल्चोकको वस्तुस्थितिलाई समेटिएर बनाईएको उक्त गितमा स्वर चर्चित लोकदोहोरी गायिका गितादेवि र स्वयम् तेज रिजालले दिएका छन् भने शब्द तेज रिजालले गरेका छन्, संगीत गायिका गितादेवी ले गरेकी छिन् ।

    भिडियो र अडियो डि.ए.आर. मुभिज एण्ड फिल्मस ले बजारमा लेराएको छ । भिडियोमा सन्जीव ठकुरी र सिर्जना किरातीले अभिनय गरेका छन् । नृत्य निर्देशन सन्जीव ठकुरी स्वयमले गरेका छन् । पछिल्लो समयमा नयाँ तथा पुराना कलाकारहरुलाई लिएर डि.ए.आर मुभिजले हरेक हप्ता जसो नयाँ म्युजिक भिडियो बजारमा लेराईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार