२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

परिकल्पना तपाईहरुको पूरा गर्ने दायित्व प्रदेश सरकारको–हुमागाई


३०४३ पाठक संख्या

चलाल-तिलेश्वर मन्दिर निर्माणार्थ शुभारम्भ गरिएको श्रीमद् भागवद् भक्ति महाज्ञान सप्ताहाको शुभारम्भ गर्दै प्रदेश संसद कार्यक्रमका

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १८, शनिबार मा प्रकाशित ५ साल अघि
  • चलाल-तिलेश्वर मन्दिर निर्माणार्थ शुभारम्भ गरिएको श्रीमद् भागवद् भक्ति महाज्ञान सप्ताहाको शुभारम्भ गर्दै प्रदेश संसद कार्यक्रमका प्रमुख अतिथि बसुन्धरा हुमागाईले उक्त अभिव्यक्ति दिनु भएको हो ।

    तिलेश्वर मन्दिरलाई सबैले चिन्ने गरी, बुभ्mने गरी राष्ट्रिय पहिचान दिनेगरी यसको महत्व दर्शाउने गरी एउटा पहिचान बेथानचोक गाउँपालिकाले दिन खोजेको छ । त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ । सवाल मन्दिर निर्माणको गुरु योजना बनिसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि बेथानचोक गाउँपालिकाको प्रयासले मात्र पूरा हुन सक्दैन । त्यसका लागि तापाई हामी सबै कटिबद्ध भएर समर्पित भयौं भने मात्र यो गुरु योजना सफल हुन्छ । यो धार्मिक पर्यटकीय क्षेत्र प्राकृतिक पर्यटकीय क्षेत्रका साथै बेथानचोकलाई पर्यटकीय हबका रुपमा स्थापित गराउँनु हाम्रो दायित्व हो । त्यो दायित्व पूरा गर्न सकियो भने भोलिका पिढीहरुमा नैतिक सुझबुझ हुने छ भन्ने विश्वास आप्mनो रहेको संसद हुमागाईको तर्क थियो ।

    उहाँको थप कथन थियो बेथानचोक गाउँपालिकालाई नमूना पर्यटकीय क्षेत्र बनाउने गुरु योजनाको खाका आईसकेको हुँदा तिलेश्वर महादेव मन्दिर मात्र होइन पार्टी पौवा, गुम्बा निर्माण गर्ने दायित्व पनि हामीलाई थपिएको छ । यो अभियानमा सबैको साथ समर्थनको अपेक्षा राख्दछौं । तसर्थ तिलेश्वर महादेव मन्दिर निर्माणका लागि जुन अभियानको शुरुवात गाउँपालिकाले गरेको छ यस गाउँपालिकाका बासिन्दा भाग्यमानी हुनु हुन्छ । जसले मनकारी नेतृत्व पाएको छ । आशा राख्नुहोस् यो नेतृत्वले यो अभियान पूरा गर्छ । यदि कथमकथाचित अभियान अधुरो हुने अवस्था आयो भने त्यो बाँकी काम प्रदेश सरकारले पूरा गर्ने वचनवद्धता पनि प्रमुख अतिथि हुमागाईले सभा समक्ष व्यक्त गुर्न भयो ।
    पितृमोक्षका लागि गर्न लागेको महायज्ञमा सबैको एक मन हुनेछ । यो अभियान तसर्थ पनि सफल हुनेछ । परिकल्पना तपार्ईहरुले गर्नु भयो त्यसको पूरा गर्ने दायित्व प्रदेश सरकारको हो । तपाईहरु सबैले सहयोग गर्दा नपुग जति हुन आउँछ । त्यो जिम्मेवारी व्यक्तिगत रुपमा मेरो र प्रदेश सरकारको हो भन्ने समेत विश्वास संसद हुमागाईले दिलाउनु भयो ।

    धर्म परिवर्तन नगर्न भक्तजनहरुमा आग्रह–थापा

    बेथानचोक गाउँपालिका वडा नं. ४ छत्रेपाटीखर्क स्थित तिलेश्वर मन्दिर संरक्षण समितिद्धारा आयोजित स्वर्णीम श्रीमद भागवत भक्ति सत्संग महायज्ञ २०७५मा सहभागी हुन आइपुगेका वक्ता संघीय संसद गगन थापा हाम्रा लागि आज सुखद संयोग भयो । किनकी कसैले चाहेर पनि यो अवसर प्राप्त गर्न सक्दैन । भागवद् भन्ने चिज त्यस्तो हो यहाँ कसैलाई वर्ग, जाति भनेर विभेद हुँदैन । शुभ अशुभको परिभाषा चल्दैन । यो पावन अवसर आज हामीलाई मिलेको छ । त्यसैले यो महत्वपूर्ण अवसरलाई उपयोग गर्नु तपाई हाम्रा लागि शुभ संकेत पनि हो । आजको दिन पुण्य भएको छ, पवित्र भएको छ, यो महत्वपूर्ण कर्ममा सहाभागी हुन पाउँदा मन आनन्द र प्रफुल्लित भएको छ । यो कार्यको जुन उदेश्य छ, त्यो पूरा हुने विश्वास मैले लिएको छु । महायज्ञले त्यो पूरा गर्ने छ । अधिकांश राम्रा उदेश्य राखेर शुरु गरिएका महायज्ञबाट सफलता मिलेको, लक्ष्यमा पुगेका उदाहरण थुप्रै छन् ।

    तसर्थ पनि म आशावादी भएको हुँ । सवाल मेरो छ । म साथीहरु बीचको छलफल पश्चात निर्णय लिनेछु । यो पुनित कार्यलाई अन्तिम रुप दिन म पछि पर्दिन र पार्टी पङ्तीलाई पनि आ–आप्mनो स्थानबाट तन, मन, धन, वचनले सहयोग गर्न यसै कार्यक्रम मार्पmत निर्देशन समेत दिन चाहान्छु नेता थापाले बताउनु भयो ।
    उहाँका थप कथन थियो अहिले्का युवाहरुमा नैतिकता हराएको छ । तसर्थ नयाँ पुस्तालाई यो पवित्र कार्यमा जोड्न आवश्यक छ । यदि स्थिर भएर सात दिन सम्म कथा श्रवण गर्न सक्यो भने हामीले हाम्रो पहिचान पाउँछौं । हाम्रो अस्तित्व पाउँछौं । त्यसैले आजका नवजवानहरुलाई अनुष्ठान भूमिमा ल्याउन सक्यो भने जीवनको महत्व अनुभुत हुने स्मरण गराउँदै नेता थापा कथन छ हिन्दु धर्म प्रति चारैतिरबाट प्रहार भएको अहिलेको अवस्थामा युवाहरुलाई पैसाको लालचामा आकर्षित गरिएको छ । त्यस कारण अपनत्व गुम्दै छ । त्यस तर्पm सचेत हुनु मूल मुद्धा हो भन्ने मेरो विचार छ । यो महायज्ञले त्यस तर्पm आपूmलाई केन्द्रित गर्नेछ भन्ने विश्वास रहेको बताउनु भयो । भागवत्ले हामी को हौं ? हामी कहाँबाट आएका हौं ? हामी कसका सन्तान हौं ? हाम्रो परिचय के हो ? हाम्रो दायित्व के हो ? हाम्रो जिम्मेवारी के हो ? हाम्रो कर्तव्य के हो ? भन्ने जस्ता कुराहरुको बोध गराउँछ । हाम्रो परिचय के हो भन्ने सन्दर्भमा कानुनमा के लेखिएको छ भन्नेतिर मात्र धेरै नजाऔं । कसले के लखिदिए, लेखेर मात्र हुने कुरो होइन । लेखेकै कुराको चचा गर्ने हो भने संविधानमा स्पष्ट छ नेपाल एक धार्मिक स्वतन्त्रता भएको मुलुक हो ।

    प्रत्येक व्यक्तित्व आ–आप्mनो पथ छनौट गर्ने कुरामा उसको निजी स्वार्थ रहन्छ । म उपासना कसरी गर्छु, म कुन धर्मको अभ्यास गर्छ, गर्दिन ? त्यो मेरो आप्mनो निजी छनौटको कुरा हो । तर संविधानमा उल्लेखित दुई वटा कुरा महत्वपूर्ण छन् । पहिलो कुरा धर्मको अभ्यास गर्ने कुरामा स्वतन्त्र छौं, उदार छाँैं तर धर्म परिवर्तन गराउने कुरामा सहमत छैनौं । नेपालको संविधानमा स्पष्ट पारिएको छ । नेता थापाले थप्नु भयो–हिन्दु, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएको स्पष्ट पार्दै अहिले जुन धर्म परिवर्तनका अभ्यास भएको छ त्यो संविधान मिच्ने काम भएको छ । यस्ता गलत क्रियाकलापलाई रोक्नु राज्यको दायित्व हो, कर्तव्य हो । धर्म परिवर्तन रोक्नु पर्छ । कसले रोक्ने सवाल जब मुलुक संघीय संरचनामा आइसकेको छ । त्यस भित्रका प्रत्येक जिम्मेवार निकायको दायित्व भित्र पर्छ । संविधानमा यो कुरा स्पष्ट पारिएको छ । वडा सरकारदेखि संघीय सरकारसम्मको दायित्व भित्र पर्छ । धर्म परिवर्तनलाई पूर्णरुपमा बन्देज लगाउन आवश्यक भइसकेको छ । तसर्थ स्थानिय सरकारले पहिलो जिम्मेवारी लिनु पर्छ । आज यस किसिमका धार्मिक कार्यहरु हुन गइरहेका छन् त्यस तर्पm युवापिढीहरुलाई सरिक गराएर धर्म परिवर्तनका बारेमा बुझाउन आवश्यक छ । जसले धर्म परिवर्तनका बारेमा बुभ्mने मौका पाउने छन् र त्यो गलत क्रियाकलापका विरुद्ध गोलबन्द हुने वातावरण बन्ने छ । त्यसले नै धर्म परिवर्तनलाई निरुत्साहित पार्नेछ । भागवत् महायज्ञहरु प्रत्येक बस्तीमा हुन आवस्यक छ । हाम्रो माटोसँग जोडिएका धर्महरुका विरुद्ध कसैले विष वमन गर्छ भने बौद्धिक सनातन धर्म मान्नेहरु सचेत हुन आवश्यक रहेको उद्घोष गर्दै पूर्वीय दर्शन भन्दा बाहिर रहेर नेपालीको अस्तित्व रहन नसक्ने र त्यसको संरक्षण गर्नु राज्यको कर्तव्य भएको नेता थापाले उक्त कार्यक्रममा खुलासा समेत गर्नु भयो ।

    मन्दिर बन्छ, मात्र तपाई हामीमा चाहाना हुनु पर्छ–तिमल्सिना

    त्यसै गरी कार्यक्रममा बेथाचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाको कथन छ, ज्ञान महायज्ञबाट सिक्न सयौं भने वरत्र परत्र सबैतिर फलिफाप हुने कुरा श्रीमद भागवत्ले बताएको छ । ज्ञान लिन दिन सकेनौं भने मावन जीवन अन्योलमा पर्ने धार्मिक ग्रन्थमा उल्लेख छ । तसर्थ केहि सिकौं जसले मोक्ष मिल्छ । भागवत्को श्रवणले पितृमोक्ष हुने तर्पm शास्त्रमा उल्लेख छ । तपाई हामी हाम्रा आप्mना लागि मात्र नभई पूर्वजदेखि भावी पुस्तासम्मको मोक्षका लागि पनि श्रवण गरौं । सकिन्छ सहयोगी हात बढाऔं सकिंदैन भागवत् श्रवण गरौं । यो लोक परलोकमा मोक्ष मिल्छ भन्दै गाउँपालिका प्रमुख तिमल्सिना थप्नु हुन्छ, कसैले कसैको औकात नियाल्ने अवस्था छैन र होइन पनि । कसैको आत्मरुपी द्धार खुल्यो भने सय पचासको कुरा होइन । सिंगै मन्दिर निर्माणका भावना पनि जन्मिन सक्छ । यो साझा अभियानमा लाग्दा सबै साझा हुने, ठूलो सानो भेदभाव अन्त्य हुने, आत्मासम्मान मिल्छ । तसर्थ पनि धार्मिक अनिष्ठानका बारेमा कुरै नगरौं ।

    कसैको कुनै दाबी विरोध नै हुन्न । त्यसैले पनि आपूmले आपूmलाई तन, मन, धन र वचनले समर्पण गर्ने अठोट गरौं । सक्नेले हैसियतलाई प्रयोग गरौं । जबर्जस्ती होइन । स्वतः स्फुर्त भावनाले अनुष्ठानमा समर्पित हौं । मन्दिर बन्छ, मात्र तपाई हामीमा चाहाना हुनु पर्छ । मात्र तपाईका आत्मा सन्तुष्टीको लागि चुन्नुहोस् । बस यो चाहाना तपाईसँग हुनु प¥यो दान गर्न सक्नुहुन्छ भने दान गर्नुहोस् । यदि सक्नु हुन्न भने पनि ज्ञानरुपी कथा भने श्रवण गर्न नचुक्नुहोस् । सुन्नका लागि पैसा तिनु पर्दैन । समस्त परिवारजनमा यो सन्देश प्रवाह गर्नुहोस् । जसको श्रवणले तपाई मात्र नभई सात पुस्ताले मोक्ष प्राप्त गर्नेछ भन्दै तिमल्सिना थप्नु हुन्छ आपूm राजनीतिक प्राणी भएकोले समाज भन्दा फरक हुन सक्दिन । आप्mनो आम्दानीको दस पन्ध्र प्रतिशत सामाजिक सेवामा समर्पित गर्ने अठोट सबैले राखौं भन्न चाहान्छु । हाम्रो कमाई हाम्रा लागि रहेनछ । नाङ्गै आयौं नाङ्गै जान्छौ, ल्याएको पनि केहि छैन, हामी मानव जाती लिन मात्र आएका होइनौं केहि त दिनै पर्छ । हुँदै नभए खान नपाईने, बढी भए लान नपाईने । हामी मानवको दूर्भाग्य भन्नु पर्छ । त्यसैले यो जीवनमा केहि त गरौं भन्दै सहयोगी हातहरुलाई अग्रसर हुन समेत अध्यक्ष तिमल्सिनाले आग्रह गर्नु भयो ।

    विवेक, विचार र इमान्दारिता लगायतका कुरालाई अनुसरण गर्न सक्यौं भने मात्र पनि मोक्ष प्राप्त हुने तर्क राख्दै ओमकार धर्ममा ऐजेरु पलाएको छ । त्यस तर्पm सचेत हुने बेला आएको छ । यदि समय मै वुद्धि पुगेन भने भोलि पछुताउनुको कुनै अर्थ नरहने स्मरण गराउँदै ओमकार अनुसरण कर्ताहरुले बुभ्mन आवश्यक रहेको बताउनु भयो । जतिपनि ओमकार अनुसरण गर्नेहरु छौं पैसामा आएका धर्मरुपी अहंकारका विरुद्ध एकमत हौं । अब अस्तित्वको लडाई लड्न आवश्यक भइसकेको छ । बौद्धिक सनातन धर्मका संरक्षण गर्न यो भागवत् सहयोग सिद्ध हुनेछ भन्ने अपेक्षा पनि अध्यक्ष तिमल्सिनाको थियो ।

    जीवनको महत्व बुभ्mन भागवद बुभ्mनुहोस्–पण्डित शर्मा


    कार्यक्रममा देशव्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियान कर्ता मुमुक्षु पण्डित श्री उद्धव शर्मा थप्नु हुन्छ नेपालमा चार कार मध्ये तीन कारले राष्ट्रिय राजनीति मात्र नभई सम्पूर्ण क्षेत्रलाई नै उथलपुथल पारेका घटनाहरु थुप्रै छन् । जसमा पत्रकार, कलाकार, कथाकारले समृद्ध मुलुक निर्माणमा अघि बढि रहँदा पश्चिमा संस्कृतिले नेपाली अपनत्व नष्ट गर्दै आएको छ । घरघरमा पैसाको लालचा देखाई धर्म परिवर्तन गराउँने दुष्कार्य भएको छ । त्यसबाट हिन्दु धर्म संकटमा पर्दै गएको स्मरण गर्दै धर्म परिवर्तन गराउनु भनेको आप्mनै आमा बेच्नु सरह हो । त्यस्ता व्यक्तिमा कुनै मानवीय धर्म हुदैन । त्यस्ता व्यक्तिसँग सजग रहन आवश्यक छ । आपूmले मातृभूमिमाथिको दूव्र्यवहारलाई नजीकबाट नियाल्ने अवसर मिल्यो ।

    त्यसैको प्रतिविम्बको रुपमा २०६७ सालबाट शुरु गरिएको यो अभियान आजसम्म आइपुग्दा ६३ औं अनुष्ठानका रुपमा तिलेश्वर महादेवको सरणमा आइपुगेका छौं । आपूmहरुलाई उती टाढाबाट डोहो¥याउनु भएको छ भने यहाँहरु त काख कै वासिन्दासँग हुनु हुन्छ । यो अनुष्ठानका लागि सबै भन्दा पहिला समय दान गर्नुहोस् । पहिलो दायित्व समय दान हो । त्यो नै महत्वपूर्ण छ । अन्य दान त त्यसपछिका पाटा हुन् । जीवनको महत्वपूर्ण बुझाई हुनेछ । त्यसपछि दान धर्मका बारेमा स्वत स्फुर्त रुपमा महशुष हुनेछ । तबमात्र तिलेश्वर धामको महत्व बुभ्mनु हुनेछ । अनि सहयोगका गाँठाहरु फुक्नेछन् । तसर्थ बेथानचोक गाउँपालिकाको पहिचान राष्ट्रिय स्तरसम्म पु¥याउन आ–आप्mनो स्थानबाट केहि त गरौं भन्ने प्रण गरौं । पण्डित शर्माको आग्रह थियो ।


    सो महायज्ञमा नारी रत्न विभुषी सुश्री अनुराधा शास्त्री लगायतका वाचकहरुद्धारा कथावाचन हुँदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार