२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मष्तिष्क पक्षघातबारे धुलिखेल अस्पतालमा तालिम


२७३३ पाठक संख्या

धुलिखेल-काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालको आयोजनामा मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि स्वास्थ्यकर्मी

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २१, मंगलबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालको आयोजनामा मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि स्वास्थ्यकर्मी र बिरामीको अभिभावकहरुलाई समेत साथै राखेर प्रयोगात्मक तालिम सुरु भएको छ ।

    स्कूलको फिजियोथेरापी विभाग, बालरोग विभाग र नेदरल्याण्डको एडलान्टे पेडिएट्रिक रिह्याब सेन्टर(एपिआरसी)को आयोजनामा सो तालिम सुरु भएको हो । तालिमको केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा. राजेन्द्र कोजू र एपिआरसीका प्रमुख प्राडा. युजिन रिमेकर्सले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गर्नु भयो । सो अवसरमा डा. कोजूले मष्तिष्क पक्षघात भएका बिरामीहरु विशेष गरी बालबालिकाहरुको उपचार अस्पतालमा भए पनि त्यसपछिको पुनस्र्थापनालगायतका सबै हेरचाह घरपरिवारमै हुने भएकाले परिवारका सदस्यहरुलाई तालिम आवश्यक भएको विचार व्यक्त गर्नुु भयो ।

    धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले मष्तिष्क पक्षाघात भएका बिरामीहरु सानो हुँदा हेरचाह गर्नमा सजिलो भए पनि उमेर बढ्दै जाँदा हेरचाहमा समस्या आउने गरेको बताउनु भयो । अस्पतालका बालरोग विभागका प्रमुख प्राडा. प्रकाशसुन्दर श्रेष्ठले मष्तिष्क पक्षाघात बच्चा जन्मेकै बेलादेखि हुन सक्ने भएकाले गर्भावस्थामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । नेपाल फिजियोथेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले विदेशमा मष्तिष्क पक्षघात भएका बिरामीहरुलाई कसरी हेरचाह गरिने रहेछ भनेर ६ दिन अवधिको तालिममा सिक्न पाइने भएकाले अवसरको सदुपयोग गर्न आग्रह गर्नु भयो । नेपालमा मस्तिष्क पक्षाघातबाट पीडितको संख्या ७५ हजार रहेको अनुमान छ ।

    नेपालमा मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि नेपाली फिजियोथेरापिष्टहरुलाई सन् २०१४ देखि नै प्रशिक्षक प्रशिक्षण तालिम दिएर सक्षम बनाइएको प्रा.डा. युजिनले उदाहरण दिनु भयो । एसिआरपीबाट तालिम पाएका प्रशिक्षकहरुले मष्तिष्क पक्षाघात भएका बिरामीहरुको हेरचाहका लागि केन्द्रहरु बनाएर नेपालमै सेवा दिइरहेकाले एपिआरसीलाई खुशी लागेको उहाँले उल्लेख गर्नु भयो । तालिमको संयोजन गरिरहनु भएकी केयु स्कूल अफ मेडिकल साइन्सेजकी लेक्चरर एवं बाल फिजियोथेरापिष्ट स्मिता केसीले तालिममा १० जना अभिभावकका साथै विभिन्न अस्पताल तथा पुनस्र्थापना केन्द्रका फिजियोथेरापिष्टहरु सहभागी रहेका जानकारी दिनु भयो । सहभागीहरुलाई एपिआरसीका प्रा.डा. युजिनसहित ३ जना विशेषज्ञहरु र नेपाली प्रशिक्षकको तर्फबाट केसीसहित कल्पना बस्नेत, शरणा श्रेष्ठ सुवाल र श्याम महर्जनलगायतले प्रशिक्षण दिइरहनु भएको छ । प्रशिक्षण आगामी शुक्रबार समापन हुँदैछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार