२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनताले कस्को विश्वास गर्ने,प्राविधिक पिच्छे नै फरक फरक प्रतिवेदन


३१८१ पाठक संख्या

नाला-अव जनताले कसको विश्वास गर्ने ? पछिल्लो समय कर्मचारी तन्त्रमा देखिएको विसंगती विकृतीको फाईदा लिदै

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २१, मंगलबार मा प्रकाशित ५ साल अघि
  • नाला-अव जनताले कसको विश्वास गर्ने ? पछिल्लो समय कर्मचारी तन्त्रमा देखिएको विसंगती विकृतीको फाईदा लिदै भूमाफियाले कर्मचारीतन्त्रलाई आलोचानको सिकार बनाएका छन् । जुन चङ्गुलमा फसेर विशेष गरी रेखाङ्कन क्षेत्रमा सुद्धता दिन पर्ने हा,े त्यो हुन सकिरहेको छैन ।

    त्यसैको चरम सिकार भएका छन् सोझा सिधा आम नागरिक जसको पछिल्लो प्रमाण रुपमा साविक टुकुचा नाला गाविस वडा नं.– ८ मा रहेको कि.न.हरु ३२८, ३२९, ३२६, मध्येको कि.नं. ३ सय २६ को जग्गाको अवशेष नै छैन । पुखौंदेखि पितृकार्यको रुपमा काजक्रिया गर्ने थलोको रुपमा रहेको सो भूभागको अहिले अस्तित्व नै छैन । उक्त भूमि अहिले कागज मै मात्र सिमित रहेको प्रमाणले देखाउँछ । स्थानियले आप्mनो पुर्वजको १३ आंै दिनसम्म काजक्रिया गर्ने थलो आज कसैको नम्बरी जग्गा बनेको देख्दा चिन्तित भएका छन् । त्यस्ता किसिमका गलत क्रियाकलापका विरुद्ध आवाज उठाउँदा आवाजहरु बन्द गर्ने काम भए भन्दै गुनासो पोख्छन् । स्थानिय पीडितहरुका अनुसार आपूmहरुलाई न्यायलयबाट खटिएको अमिनी जीवन कार्कीले अन्यायमा पार्ने काम भएको उनीहरुको आरोप छ ।

    बनेपा न.पा. वडा नं. २, डुँडामुखमा रहेको साबिक टुकुचा नाला गा.वि.स. वडा नं. ८ कि.नं. ३ सय २६ को पाँच रोपनी ९ आना जग्गा त्यस क्षेत्रमा बसोबास गर्ने समुदायको काज क्रिया गर्ने थलोको रुपमा परिचित हुँदै आएको थियो । सोही अनुरुप त्यसलाई व्यवस्थित बनाउन नगरपालिकाबाट बजेट समेत बिनियोजन भई रेखाङ्कन लगायत भौतिक संरचना निर्माणको अवस्थामा पुगिसकेको छ । यसै बीच कृष्णराज गिरीले आपूmमाथि अन्याय भयो भनी न्यायलयमा जाहेरी दियो । जसको कारण निर्माणाधिन अवस्थामा रहेको भौतिक संरचना अन्यौलमा मात्र परेको छैन उक्त बस्ति नै पूरै धरासाही हुने अवस्थामा पुगेको पीडितहरुको भनाई रहेको छ ।

    आपूmमाथि अन्याय भयो भनी रिट हाल्ने कृष्णराज गिरीले उक्त भूभाग हस्तक्षेप गरी कब्जा गरेको नापी कार्यालय काभ्रे र बनेपा न.पा. बाट खटी गएका प्राविधिक (अमिनी)हरुको स्थलगत रेखाङ्कन प्रतिवेदन सम्बन्धित निकायमा बुझाएकोले पुष्टि गर्दछ । तर सोही भूभागका बारेमा जिल्ला अदालतबाट खटी आएका प्राविधिक अमिन जीवन कार्कीको प्रतिवेदनले पूर्व प्राविधिकहरुको प्रतिवेदन मिथ्या साबित गरिदिएको छ । जसको कारण यतिबेला डँुडामुखबासी सुकुम्बासी हुनु पर्ने अवस्थामा पुगेका छन् । यो सबैको पछाडि अर्थको ठूलो चलखेल भएको प्रतिवादीहरुको आरोप छ । स्मरण योग्य कुरा के छ भने अब जनताले कसको विश्वास गर्ने ? यहाँ कसको जग्गा कहाँ के गरियोसँग सम्बन्ध रहेन मात्रै प्राविधिकहरुका आचरणसँग प्रश्न चिन्ह उठेको छ । यहाँको जग्गा किचलो मात्र होइन, त्यसभित्र जोडिएका पात्रहरुको क्षमताका बारेमा प्रश्न चिन्ह उठेको छ । सर्वेक्षक विजय कुमार मानान्धर, विपिन दुलालका आधिकारीक प्रमाण पत्रहरुका बारेमा प्रश्न चिन्ह उठ्नु पर्छ की ? जीवन कार्की ? अहिले सबैको चासोको विषय भएको छ ।

    प्रतिवादीहरुको विश्वास छ, न्यायलयले जीवन कार्की जस्ता भ्रष्ट आचरण भएका व्यक्तिहरुलाई उन्मुक्ति दिने छैन । न्यायलयलाई विवादमा तान्ने घृणित खेल जीवन कार्कीबाट भएको छ । प्रतिवादीहरुको भनाइमा सरकारी रेखाङ्कन कर्तालाई असफल र क्षमता बिहीन छन् है भन्ने संकेत कार्कीले दिएका छन् । तसर्थ पनि न्यायलयले त्यसतर्पm आप्mनो ध्यान केन्द्रित गर्छ भन्नेमा आशावादी रहेको बताउँछन् ।
    यता प्रतिवादीहरुको आरोपित वादी कृष्णराज गिरीसँग मोबाइल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उहाँका छोरा प्रल्हाद गिरीसँग सो सम्बन्धि जानकारी माग्दा जतिपनि आरोपहरु छन् । ती सबै तथ्य विहिन छन् । हामी हाम्रो कि.नंं ३ सय २८ र ३ सय २९ भित्रको क्षेत्रफल भन्दा बाहिर गएका छैनौं । हामीलाई हाम्रो तिरो तिरान भित्रको जग्गा भए पुग्छ । प्रतिवादीहरुले आरोप लगाए अनुसार हामीले कुनै सार्वजनिक भूभाग मिचेका छैनौं र कुनै प्राविधिकलाई बसमा पार्ने काम गरेका छैनौं । हामी माथि अन्याय भएकै कारण न्यायलयमा धाएका हौं । कुनै किसिमको बेइमानी गरेका छैनौं भन्छन् गिरी । त्यस्तै रेखाङ्कनमा संलग्न प्राविधिक विपिन दुलाल भन्छन्–१÷२ इन्च तलमाथि हुन सक्छ तर जीवनजीको प्रतिवेदनमा आए जस्तो हुन सक्दैन । अनि रेखाङ्कन हुँदा स्थानियहरु वडा प्रतिनिधी लगायत सबैको रोहवरमा अझ हामीलाई शुद्ध उपस्थिति गराएको भए अहिले यो विवादको स्थिति आउने थिएन ।

    यथार्थ त्यही थाहा हुन्थ्यो । तर अहिले एकतर्फी रुपमा प्रतिवेदन आएको भन्ने सुनेको छु । त्यसका बारेमा सरोकारवाला नै जानकार होलान् भन्ने तर्क दिनुहुन्छ दुलाल । उहाँको थप कथन छ एउटा प्राविधिकले गरेको काम अर्काे प्रविधिकले गर्दा हुबहु नै हुन्छ भन्ने छैन । तर संरचना नै धरासाही हुने गरी भने पक्कै हुँदैन । सुने अनुसार उहाँको प्रतिवेदन अनुसार बस्ती नै सुकुम्बासी बन्दै छ भन्ने सुनेको छु । यदि यस्तो हो भने पीडितहरुले असहमती जाहेर गर्न सक्छन् । त्यसका बारेमा सरोकारवाला निकायले पुनः विचार गर्न वाध्य हुनेछ । अर्का रेखाङ्कन कर्ता जो अदालतबाट खटी आएका जीवन कार्की भन्छन्–आप्mनो प्रतिवेदन यथार्थ भएको यसमा कुनै कमीकमजोरी नभएको र जतिपनि आरोपहरु लागेका छन् ति सबै मिथ्या हुन् । म आप्mनो प्रतिवेदनमाथि ढुक्क छु । चित्त नबुझे पुन रेखाङ्कन गर्न सकिन्छ । अनावश्यक बखेडा झिक्नु आवश्यक छैन । कसैको चरित्र हत्या गर्ने काम नगर्दा राम्रो हुन्छ । म अन्य मित्रहरुको प्रतिवेदनसँग सरोकार राख्न पनि चाहादिन । किनकी म आपैm आप्mनै प्रतिवेदनमा विश्वास राख्छु । त्यस्तै प्रतिवादी एवं भौतिक भूर्वाधार निर्माण समितिका अध्यक्ष निल बहादुर गौतम भन्नुहुन्छ–पूर्खौं देखिको काजक्रिया स्थल जुन सार्वजनिक भूमी भनेर चिनिएको छ त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । हामीले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न खोजेका हौं । कुनै व्यक्ति माथि पूर्वाग्रही किसिमबाट प्रस्तुत भएका छैनौं । वादीले भने जस्तो कुनै किसिमको ज्यादती गरेका छैनौं । हामीले जिम्मेवार निकायबाट खटिइ आएका प्राविधिकले लगाई दिएको चिनो अनुसार काम गरेका थियौं । बरु उहाँहरुको कारण आज सिंगो बस्ती जोखिममा पर्न गएको छ । जसको जिम्मेवारी वादी कृष्णजीले लिनु पर्छ भन्नु हुन्छ गौतम ।

    समग्र रुपमा जुन जग्गा किचलो सम्बन्धि मुद्घा न्यायलयमा पुगेको छ त्यसले एउटा रुप धारणा गर्छ नै त्यसलाई स्वीकार्नुको विकल्प छैन भन्छन् पिडितहरु । जसले सार्वजनिक सम्पत्ति माथि नराम्रो दृष्टि लगाएका छन् त्यसका विरुद्घ सरोकारवाला निकायले निष्पक्ष छानविन गरोस् भन्ने आफ्नो चाहना भएको पिडितहरु बताउछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार