२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भ्रष्टाचार मुक्त र पारदर्शि रोशी


४३७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • भेषवहादुर दनुवार
    काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउपालिका मध्ये रोशी गाउपालिका पनि एक हो । यस गाउपालिकाको पुर्वमा सुनकोशी गाउपालिका (सिन्धुलि), पश्चिममा नमोबुद्ध नगरपालिका, उत्तरमा तेमाल गाउपालिका र दक्षिणमा महाभारत गाउपालिका र बेथानचोक गाउपालिका रहेका छन् । यस गाउपालिकाको कुल क्षेत्रफल १७६ वर्गा मिटर रहेको छ । २०६८ को जनगणना अनुसार २८७४६ जनसंख्या रहेको छ ।

    नेपालको संविधानले व्यवस्था गरे बमोजिम यस गाउपालिका एक स्वशासित र संगठित सस्थाको रुपमा संघिय राज्य संरचनामा स्थापित रहेको छ । गाउपालिकाले २०७२ को संबैधानिक व्यवस्था अनुरुप आफ्नो छुटै छाप हुने छ । प्रति वर्ग कि.मि. २२१ जनघनत्व रहेको यो गाउपालिका महाभारत श्र्रङखलाको उत्तरी मोहडामा पर्दछ । यो गाउपालिका सा.विक १० वटा गा.वि.स.हरु खहरे पांगु, शिखर आम्बोटे, महादेवटार, सिसाखानी, सिपालि चिलाउने, कटुञ्जेबेशी, खार्पाचोक, मंगलटार, वाल्टिङ र भिमखोरी मिलाएर बनाइएको छ । रोशि गाउपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउपालिका हो । डाडाकाडाले भरिएको यस गाउपालिकामा रहेको रोशी खोलाको नाम बाट गाउपालिकाको नामाकरण गरिएको हो ।

    यस गाउपालिकामा रहेको रोशी खोलाको नामबाट गाउपालिकाको नामाकरण गरिएको हो । यस गाउपालिकामा बिशेष गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोवास रहेको छ । तामाङ जातीको मुख्य बाहुल्यता रहेको यस गाउपालिकामा ब्रामण, क्षेत्रि, मगर, नेवा, ठकुरी, कामी, दमाई, को बसोवास रहेको छ । यहाका नागरिकहरुले कृषि पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा अंङ्गाल्दै आएका छन् । प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउपालिका स्रोत र साधनमा धेरै अगाडी छ । यस गाउपालिकाले क्रमश यस क्षेत्रको समग्र विकासका पहलहरु गर्दै लैजाने हरेक वर्ष वार्षिक रुपमा योजना तथा कार्यक्रमहरु ठोस रुपमा तयार गरि अगाडी बढिरहेको छ ।

    रोशि गाउपालिकाको मुख्य नारा सम्बृद्ध रोशि भ्रष्टाचार मुक्त र पारदर्शि रोशि गाउपालिका रहेको छ । सामुदायिक सारथि मार्फत रोशि गाउपालिकाको वडा नं. ५ साविक सिसाखानी गा.वि.स.मा पारस्पिरिक जवाफदेहिता स्थानिय पहल परियोजना सञ्चालन भईरहेको छ । यस क्रममा रोशी गाउपालिकामा वडा नं. ५ मा चुतुरमान लामा संयोजक तथा सुमित्रा मैनालिको सहसंयोजकत्वमा स्थानिय सभा गठन गरि कार्य अगाडी बढाइएको अवस्था छ । रोशि गाउपालिकाको गाउपालिका कार्यालय संगै रहेको रोशी मा.वि.मा रेडियो रोशि श्रोता समुह पनि गठन गरि कार्य अगाडी बढाइएको छ । समग्रमा स्थानिय सरकार पारदर्शि जवाफदेशि र नागरिकको पहुचमा स्थानिय सरकार पुग्न पर्छ भन्ने मान्यताका साथ रोशि गाउपालिका लागी रहेको छ । रोशि गाउपालिकामा पारदर्शि र जवाफदेहि सरकारको विकासको लागी प्रथम रुपमा प्रत्येक वडा कार्यालयमा नागरिक वडा पत्र राखि नागरिकको सेवा लिने प्रक्रियाको सहज जानकारी साथ अगाडी बढिएको अवस्था रहेको छ ।

    नागरिक वडा पत्रको साथै गाउपालिकाले गाउपालिकाको नागरिकको जिज्ञासा वडामा मात्र नभई गाउपालिका संग पनि रहने हुदा गाउपालिकाको आम नागरिकलाई सिधा जिज्ञासा र जानकारीको लागी गाउपालिका कार्यालयमा टोल फ्रि नम्बर राखिउको छ । जुन टोल फ्रि नबरमा कल गर्दा पैसा नलाग्ने जानकारी रोशि साप्ताहिक तथा रेडियो रोशि मार्फत निरन्तर जानकारी गराउने अभ्यास रहेको छ ।

    रोशि गाउपालिकामा के काम कसरी कुन अवस्थामा रहेको छ भन्ने जानकारीको लागी आम नागरिकलाई जानकारी गराउने र सुसुचित गराउने कार्यको लागी रोशि गाउपालिकोको प्रत्येक दिनको लेखा, प्रशासन, शिक्षा, स्वास्थ, कृषि, पशु, तथा महिला तथा वालबालिका विषयगत कार्यालयको गतिविधि प्रत्येक दिन साझ ७ बजेदेखि ७ः३० सम्म रोशि गतिविधि प्रसारण गर्ने गरिन्छ यस क्रममा रोशि गाउपालिकाको लेखा शामामा भएको उपभोक्ता समिति संगको सम्झौता तथा सामान्य दैनिक आम्दानीको श्रोत तथा निकासा कसलाई कति के प्रयोजनमा भएको सम्मका सुचना प्रशारण गर्ने निरन्त्र अभ्यास यस आर्थिक वर्षको भाद्रबाट शुभारम्भ अभ्यास गरिएको छ ।

    पारदर्शि र जवाफदेहि सरकारको अनुभुति र अभ्यासको लागी रोशि गाउपालिकाले प्रविधि मैत्रिको लागी पछिल्लो समय फेसबुक आईडि तथा पेज क्रियट गरेको अवस्था छ भने मोवाईल एप्लिकेशनको शुभारम्भ पनि गरि पारदर्शि र जवाफदेहि सरकारको अभ्यास गरिरहेको छ । गाउपालिको आफ्नै वेभसाईट निरन्तर चलिरहेको र अपडेटमा राखिरहेको अवस्था छ । यस क्रममा गाउपालिकामा कार्यरत सुचना अधिकारीको दैनिक कार्य भित्र जिम्मेवारी बहन भउको अवस्था रहेको छ । यसका साथै गाउपालिकाको गतिविविध प्रकाशन कार्यकोलागी साप्ताहिकमा प्रत्येक आइृतवार प्रकासन पनि गर्ने गरिएको छ । समग्रमा प्रविधि मैत्रि, श्रोत मैत्रि, भुगोल मैत्रि, र नागरिकलाई सुसुचित गर्ने अभ्यास कार्य रोशि गाउपालिकामा रहोस भन्नको लागी गाउपालिकाको जिज्ञासा गाउपालिका प्रमुख संग प्रत्यक्ष सम्बाद कार्यक्रम आईतबार ७ बजेदेखि ८ बजे सम्म निरन्तर असोज देखि संचालनमा आएको छ । आगामी दिनमा अझ पारदर्शि र जवाफदेहि सरकारको भुमिका निर्वाह गर्नकोलागी रोशि गाउपालिका सहकार्य गर्न र सल्लाह सुझावको लागी सदैव अपेक्षा राख्ने कुरा बताउनु हुन्छ रोशी गाउपालिका प्रमुख ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार