२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशी मा.विमा वक्तृत्वकला सम्पन्न


२८२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • रोशी-विद्यार्थीहरुलाई आफुले अध्ययन गर्ने स्थान विद्यालय कती सुरक्षीत हुनु पर्छ भन्ने जानकारी गराउने उद्देश्यले रोशी माविले आयोजना गरेको अन्तर मावि स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

    सामुदायिक विद्यालय व्यवस्थापन महासंघ नेपाल र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा सुरक्षित विद्यालय अभियान – २०७५ को मूल नाराका साथ २८५५ औं फाग् सोनाम ल्होछारको अवसर पारेर विद्यालय सुरक्षा सन्दर्भमा आयोजित गुणस्तरीय शिक्षाका लागि सुरक्षित विद्यालय विषयक उक्त कार्यक्रममा रोशी गाउँपालिकामा रहेका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा चेतना मा.वि.की प्रियंका तामाङ प्रथम, रोशी मा.वि.का युजेन तामाङ द्वितीय, भिमेश्वर मा.वि.का प्रनिल रायमाझी तृतीय तथा सोही मा.वि.की विद्यार्थी चण्डीका रायमाझी सान्त्वना हासिल गर्न सफल भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ४ हजार नगद, ३ हजार, २ हजार, १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

    रोशी मा.वि.का प्रधानाध्यापक विन्दुप्रसाद ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौला तथा विशेष अतिथिको रुपमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघ नेपालका जिल्ला अध्यक्ष गुणराज मोक्तान हुनुहुन्थ्यो । त्यस्तै कार्यक्रममा ममता नेपालका कोषाध्यक्ष मेनुका भुजेल तथा मिडिया सर्भिस नेपालका तर्पmबाट रमेश खड्काको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार