२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राज्यको आक्रमणले शिक्षा क्षेत्र कमजोर – तिमल्सिना


२४४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • नमोवुद्ध- नेपाल शिक्षक संघ नमोबुद्ध नगर समितिले प्रथम स्थानीय प्रतिनिधीसभा गरेको छ । संघको नयाँ विधानको व्यवस्था अनुसार प्रत्येक स्थानीय तहले प्रतिनिधी सभा गरेका हुन् ।

    शनिवार भकुण्डेवेशीमा भएको प्रतिनिधीसभाको नेपाल शिक्षक संघका ३ नं प्रदेश अध्यक्ष नारायण तिमल्सिनाले उद्धघाटन गरे । उनले शिक्षा क्षेत्रलाई कमजोर बनाउन राज्य योजनावद्ध रुपमा आक्रमणमा लागेको आरोप लगाए । स्थानीय तहका गतिविधीका कारण संघीय व्यवस्था माथि नै प्रश्नचिन्ह खडा हुने अवश्था आएको दाबी गरे ।

    स्थानीय तहपिच्छे फरक खालको पाठ्यक्रम निर्माण गर्ने होड चलेको भन्दै उनले त्यसले समस्या ल्याउने तर्क गरे । शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महतले आस्थाका आधारमा जिल्ला शिक्षा समितिले विभेद गर्न थालेको भन्दै स्थानीय तहलाई आफू नै सर्वेसर्वा हुँ भन्ने भ्रम रहेको दाबी गरे । नेपाली कांग्रेस नमोबुद्ध नगर सभापति कुन्साङ लामाले शिक्षकका जायज मागमा सहयोग गर्न पार्टी सधै तयार भएको बताए ।

    कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेका सचिव शम्भू घिमिरे, नमोबुद्ध नगरपालिका वडा नं ६ का अध्यक्ष कूलप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्ध नगर अध्यक्ष लक्ष्मी अधिकारी, नेपाली कांग्रेस नमोबुद्ध ८ का सभापति रामेश्वर अधिकारी, नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिका उपाध्यक्ष विमल खनाल, सचिव रमेशप्रसाद न्यौपाने लगायतले पेशागत हकहितको बारेमा चर्चा गरेका थिए ।

    नमोबुद्ध नगर अध्यक्ष दिनेश अधिकारीले गैरकानूनी तवरबाट गरिएका सरुवाको विरुद्धमा नगरपालिकाको कार्यालयमा विरोध धर्ना कार्यक्रम गरिएको, शिक्षकका समस्याको बारेमा नगर–प्रमुख र शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको, बालविकास केन्द्रमा कार्यरत शिक्षकको सेवा सुविधा थप गर्न दबाब दिइएको र केही रकम थप गर्न सफल भएको बताए । अपायक सरुवा, सुत्केरी शिक्षिका सरुवा जस्ता स्थानीय तहबाट गरिएको ज्यादती विरुद्ध जिल्ला तथा स्थानीय स्तरबाट समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको प्रतिवेदन पेश गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार