२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

समाजमा रुपान्तरण गर्ने माध्यम संगीत हो -ललिता घिमिरे


२४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २७, सोमबार मा प्रकाशित ५ साल अघि
  • कला र साहित्यले मात्र जीवन पुर्ण हुन्छ भन्ने मान्यताका संगित क्षेत्रमा लागेकी गायिका ललिता घिमिरेको लोकगितको एल्बम बजारमा आएको छ । लोक संगीतको क्षेत्रमा एउटा नयाँ ईट्टा थपिएको छ । १८ वर्षदेखि सामाजिक क्षेत्रमा समेत क्रियाशील ललिताको यो एल्बमले बिषेश गरि युवा पुस्ताको भावनालाई समेटेको देखिन्छ ।

    रौतहट जिल्लामा जन्मिएर काभ्रेलाई कर्मथलो बनाएकि लोक गायिका ललिता घरायसी कामसँगै संगीत क्षेत्र अगाडि बढाउँदै आउनु भएको हो । सानैदेखि उमेरदेखि संगीत क्षेत्र मलाई मन पराउनु हून्थ्यो । मानव जीवनमा संगीत जीवन्त विषय भएकोले यो क्षेत्रमा आएको बताउँनु हुन्छ । संगीत बिनाको जीवन अधुरो हुन्छ भन्ने मान्यताका साथ आएको बताउँनु हुन्छ जहाँ मानवता हुन्छ, भावना हुन्छ,संगीत हुन्छ । त्यही जीवन जीवन्त भएको बताउँनु हुन्छ ।
    संगीत क्षेत्र मनपर्ने क्षेत्र भएकोले यस क्षेत्रमा आएको बताउँनु हुन्छ । यस क्षेत्रमा आउन राजन हुमागाईं, कृष्ण तिमल्सिना प्रेरणाको स्रोत हुन् । उनीहरुमार्फत् यस क्षेत्रमा आउन हौसला मिलेको उहाँको धारण छ । अबको जीवनलाई यहि क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोचका साथ अगाडि बढ्ने विचार रहेको बताउँनु हुन्छ ।

    आफुलाई संगित क्षेत्रमा क्षेत्रमा आउँदा खुशीको अनुभूति भईरहेको बताउँने उहाँले महिलाहरु समिति घरपरिवारभित्र सीमित हुने हाम्रो संस्कारलाई चिर्दै अगाडि बढ्ने सोचका साथ अगाडि बढेको छु । मानिस जन्मिएपछि समाजको लागि केही गर्न सकिन्छ भन्ने आँट र साहस अगाडि बढ्दा खुशीको अनुभूति भईरहेको उहाँको अनुभुति छ । नेपाली संस्कृतिलाई रुपान्तरण गर्न महिलाहरुको भुमिका गहन हुने भएकोले जिम्मेवारीका साथ अगाडि बढ्न पर्ने बताउँनु हुन्छ ।समाज सामन्तवाद सोचले ग्रसित छ ,समाजलाई परिवर्तन गराउन संगीतको महत्वपूर्ण भूमिका हुन्छ । हरेक चुनौतीलाई सामना गर्दै आँट र साहस साथ अगाडि बढ्नु आजको आबश्यकता भएको बताउनु हुन्छ ।

    संगित क्षेत्रमा परिवारको समेत साथ पाएकोले चुनौतीलाई मार्ग दर्शनको सिद्धान्तको रुपमा लिएर अगाडि बढ्न सबैले हातेमालो गर्न पर्ने बताउँनु हुन्छ । सोच र शक्तिलाई चुनौती सामना गर्न शक्तिको रुपमा अगाडि बढेको छु , यसमा मिडियाकर्मीको महत्वपूर्ण भूमिका हुने उहाँको धारण छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं परिवारको साथ र सहयोग भएर अगाडि बढिरहेको छु । इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्नेकुरा समाजमा चिनाउन लागि परेको उहाँको बुझाई छ .

    बजारमा आएको प्रेमसम्बन्धी एल्बम कसैको जीवनसँगै मेल खान सक्छ । यो संयोग मात्रै हो । हाम्रो समाजमा विशेष गरी उमेर पुगेका युवायुवती बिचको प्रेमसँग सम्बन्धित हो । प्रेममा सहमति चाहिन्छ भन्ने सन्देश दिन खोजिएको छ । सहमति र समझदारीबाट मात्रै हरेक यात्रा सफल हुन सक्छ भन्ने सन्देश दिन खोजिएको बताउँनु हुन्छ । दर्शक र श्रोताको मन जित्न सफल हुने आत्मविश्वास लिएको एल्बमले लगानी र नोक्सान भन्दा पनि श्रोताको मन जित्न सक्ने बताउँनु हुन्छ ।

    समाजमा रुपान्तरण गर्ने माध्यम संगीत पनि भएकोले समाजमा भएका कुरिति, कुसंस्कार विरुद्धमा ं अगाडि बढ्ने चाहना भएकी घिमिरे समाजमा भएका गलत प्रवृति र मनोवैज्ञानिक असरका विषयमा जनचेतना फैलाउँदै आएको बताउँनु हुन्छ ।

    सामाजिक क्षेत्रमा काम गर्न त्यति सजिलो छैन । संगीत यस्तो माध्यम हो, हरेकको मन–मनमा संगीतले सामाजिक अवस्थालाई चिर्न सकिन्छ । संगीत समाजको मेरुदण्ड भएकोले संगीत क्षेत्रमा जति चुनौती भएपनि अगाडि बढ्न गाह्रो छैन । संगीतको क्षेत्रबाट जति सजिलो भएको उहँको धारणा छ ।
    प्रेमबिना समाजको कल्पना पनि गर्न सकिन्न जसले संसार निरन्तर चलाउँछ । माया भनेको मनमा आउने कुरा हो भने प्रेम भावनामा आउने हो । जीवन सागर जस्तै निश्चल र पवित्र छ । यसमा हरेक आरोह अवरोह आउँछ । जीवनलाई सहज ढंगले जिउन जाने मन्दिर हो, नजाने अभिशाप हो । जिउन नजानेर कतिले आत्महत्या गरेका छन् । जीवनलाई पवित्र मन्दिरको रुपमा लिनु पर्ने उहँको भनाई छ । अहिले संगीत क्षेत्रमा आउने छाडा प्रवृत्किो अन्त्य हुनु पर्ने बताउँदै उहाँले लोकगीत मन परेको बताउँनु हुन्छ ।

    संगीतले मान्छेको जीवनमा उथलपुथल ल्याउँछ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड हो । लोक संस्कृतिलाई जोगाउने माध्यम भनेको प्रचारप्रसार नै हो । हामीले आफ्नै मौलिक संस्कृति जोगाउन सकेनौं भने हाम्रो पहिचान गुम्ने खतरा हुन्छ । यसमा सबैजना सचेत भएर जोगाउन लागिपर्ने हुन्छ । यदि हाम्रो मौलिक संस्कृतिलाई जोगाउन सकेनौं भने हामी शुन्य बन्छौं । जब शुन्य हुनु भनेको जिउँदो लास हो । हामी सचेत भयौं भने हाम्रो संस्कृति परम्परा जोगिन्छ । हाम्रो अस्तित्व र पहिचान जोगिन्छ । साथै हामी सबै मिलेर हाम्रो मौलिक कला संस्कृति र संगीतलाई जोगाउन एकजुट हौं । यसबाट मात्रै हाम्रो जीवन सार्थक भएको ठहर्छ । घिमिरे सगँ भएको कुराकानीमा आधारित !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार