२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेपाली लेखक संघ कास्कीद्वारा ‘स्पन्दन’ को लोकार्पण


३१७२ पाठक संख्या

पोखरा, मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पोखरा, मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित एक कार्यक्रमका बिच सो पुस्तक लोकार्पित भएको हो ।

    ताम्राकारको छैटौँ साहित्यिक कृतिको रूपमा स्पन्दन प्रकाशित भएको हो । साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यले कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । लेखन अग्रज साहित्यकारहरूको प्रभाव ग्रहणबाटै अगाडि बढ्ने र आफ्नो परिचय लेखनबाटै निर्माण गर्ने कुरामा उनले जोड दिए । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा.डा.विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताउनुभयो ।

    जति सूक्ष्म आयामको रचना लेखिन्छ उत्तिकै कठिन साधनाको आवश्यकता पर्ने बताउँदै जति सानो खाडल खनिन्छ, उति नै माटो झिक्न गाह्रो हुने उल्लेख गरे । लेख्नु र राम्रो लेख्नु फरक रहेको बताउँदै मुक्तक लेखनमा अभिधा भन्दा लक्षणा र व्यञ्जनापूर्ण अभिव्यक्ति आवश्यक औँल्याए । नेपाली लेखक संघका केन्द्रीय सदस्य तथा साहित्यकार सूर्य लाकोजूले साहित्यमा क्लिष्टता उपयुक्त नहुने र सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए । निरन्तरको लेखनले नै स्रष्टालाई सक्षम तुल्याउने बताउँदै उनले प्रकाशनले व्यक्तिलाई परिपक्वता प्रदान गर्ने कुरा उल्लेख गरे । नेपाली लेखक संघ, कास्कीका अध्यक्ष गणेश शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’, कृतिका स्रष्टा ध्रुवकृष्ण ताम्राकारलगायतले मन्तव्य रााखेका थिए पुस्तक अक्षरमार्ग काभ्रेले प्रकाशित गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार