२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्याङ्जामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन


३११० पाठक संख्या

स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा कवि सुर्यप्रसाद लाकोजुको विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

    स्याङ्जा उद्दोग वाणिज्य संघको सभाहलमा आज सम्पन्न भएको उक्त विशेष रचना वाचन कार्यक्रममा कवि सुर्यप्रसाद लाकोजुले बिभिन्न विषयमा रचना गरिएका विभिन्न भावका कविता , हाइकु , मुक्तक , गीत वाचन गरेका थिए । कवि लाकोजूले राष्ट्रप्रेम, सामाजिक कुरिति, मानवतावाद , विकृति, राजनीतिक दुरावस्था लगायतका विसयमा केन्द्रीत रहेर आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

    स्याङ्जा साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न सो कार्यरममा साहित्यकार विश्वप्रेम अधिकारी , देविप्रसाद बन्बासी, मिलन समीर, धुर्ब ताम्राकार ल्गायत्लेमन्तब्य राखेका थिए । सो कार्यक्रममा स्याङ्जाली स्रष्टाको उल्लेखनीय उपस्थिति रहेको थियोे । स्याङ्जाली साहित्यको इतिहासमा यस्तो प्रकृतिको कार्यक्रम पहिलोपटक आयोजना गरिएको भएर पनि अत्यन्तै सभ्य अनि भव्य हुन सफल भएको कुरा कार्यक्रममा बोल्ने बक्ताहरुले उल्लेख गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार