२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

का.वि.मा Dr.Jean Claude Badoux दीक्षित हुँदै


२९७६ पाठक संख्या

धुलिखेल-काठमाडौ बिश्वबिद्धालय को चौथो बिशेष दीक्षान्तसमारोह भोली शुक्रबार हुने भएको छ । आज आयोजित पत्रकार

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन ३०, बिहिबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-काठमाडौ बिश्वबिद्धालय को चौथो बिशेष दीक्षान्तसमारोह भोली शुक्रबार हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा संचार बिभाग प्रमुख हेमराज काफ्लेले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

    शुक्रबार हुने दीक्षान्त समारोहमा प्रसिद्ध स्विस सिभिल इन्जिनियर तथा स्विस फेडेरल इन्स्िटच्युट अफ टेक्नोलोजी (लुसाने) का मानार्थ अध्यक्ष प्रा.डा.जेन बदोउक्स लाई सम्मानार्थ विधावारिधी प्रदान गरिदैछ ।

    प्रधानमन्त्री के पि ओलि द्वारा दिउसो १ बजे दीक्षित हुनुहुने प्रा.डा. बदोउक्सले काठमाडौ बिश्वबिद्धालयका लागि मात्र नभई नेपालकै शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याए बापत सम्मानित गर्नलागेको पत्रकार सम्मेलनमा अबगत गराइएको थियो ।

    बिशेष गरी बायोलोजी ,जियोम्याटिक्स इन्जिनियरिङ ,सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रमहरु को क्षेत्रमा समर्पित प्रा.डा. बदोउक्स एक अनुभवी प्राज्ञका रुपमा स्थापित हुनु हुन्छ । यो सम्मानबाट सन् २०११ मा नेपाली संस्कृतिविद तथा लेखक सत्यमोहन जोशी लाई  Honorary Degree of Doctor of Letters द्वारा सम्मान गरिएको थियो । तत पश्चात् क्रमशः भारतका प्रकाण्ड बिद्वान तथा राजनितिज्ञ डा.करण सिंह त्यस पछि भारतकै पूर्व राष्ट्रपति प्रणव मुखर्जी लाई उक्त उपाधी बाट सम्मान गरिएको बिज्ञप्तिमा उल्लेख छ । त्यसैगरी भोलि नै बिश्वबिध्यालय सेनेट्को बैठक पनि बस्ने प्राज्ञ एवं संञ्चार बिभाग प्रमुख हेमराज काफ्लेले जानकारी गराउनु भएको छ ।

    प्रा.डा.को जिवनी यस्तो छ

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार