२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनताको आँगनमा पनौती नगर


३९१२ पाठक संख्या

पनौती-पनौती नगरको बिकास निर्माण सम्बन्धि प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको नगरवासी हुन् । आफ्नो नगरमा

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-पनौती नगरको बिकास निर्माण सम्बन्धि प्रत्यक्ष सरोकार राख्ने निकाय भनेको नगरवासी हुन् । आफ्नो नगरमा भएका प्रत्तेक कृयाकलापको बारेमा जान्न पाउने अधिकार नगरवासिको हो । यीनै सास्वत सत्यहरुलाई आत्मासाथ गर्दै पनौती नगरपालिकाले प्रत्तेक वडामा जनतासंग नगरपालिका कार्यक्रम यहि चैत्र ९ गते देखी सुरु गर्ने जानकारी गराएको छ ।

    मंगलबार नगपालिका हलमा सम्पन्न छलफल कार्यक्रममा नगर प्रमुख भिम न्यौपानेले जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिकास निर्माणका सवालमा जनताकै घरदैलोमा गएर गुनासो सुन्ने र राय माग्ने साथै सोही अनुसार आगामी दिनमा नगरपालिकाले योजना निर्माण गर्दा जनताकै रायलाई आधार मान्दै योजना निर्माण गर्ने जानकारी गराएका छन् ।

    चैत्र ९ गते वडा नं १ बाट सुरु हुने (जनताको आगनमा नगरपालिका) अभियान चैत्र १९ गते वडा नं १२ मा पुुगेर सकिने कार्यतालिका सार्वजनिक भएको छ । जुन कार्यले गर्दा नगरवासिले नगरको कर्मचारीहरुबाट लिदै आएको सेवाको बिषयमा समेत जनप्रतीनिधिले जान्ने अवसर मिल्ने भएको छ । जनताको सुझावकै आधारमा आगामी दिनमा सेवाग्राहिहरुले पाउने सेवामा केही समस्या भएको पाईएमा सो कार्यलाई समेत सुधार गर्ने उद्देश्य रहेको नगरका वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रससाद अधिकारीले जानकारी गराउनुु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार