२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उर्वरा भूमीमा बस्ति बिकास गर्न दिदैनौ -उप—प्रमुख,जवरजस्ति गरे प्लानिङ्गमा बुल डोजर


२४१२ पाठक संख्या

पाँचखाल-“पाँचखाल नगर, कृषि शहर” भन्ने मुल नाराका साथमा अगाडी बढेको नगरको उर्वरा भूमिमा बस्ति बिकास

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-“पाँचखाल नगर, कृषि शहर” भन्ने मुल नाराका साथमा अगाडी बढेको नगरको उर्वरा भूमिमा बस्ति बिकास गर्न रोक लगाउंछौं । नगरको सुझाबलाई कसैले अटेर गर्दै प्लानिङ्ग गरे बुलडोजर लगाईन्छ ।

    उक्त भनाई पाँचखाल नगरका उप—मेयर लक्ष्मी दनुवारले पाँचखाल नगरपालिकाको आ.व ०७५÷०७६ दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बताउनु भएको हो । कार्यक्रममा उहाँले थप्नुभयो नगरवासिहरुले अधिकार खोज्ने मात्र नभई कर्तव्य पालना गर्नु पर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा उप—मेयर दनुवारले समृद्ध पाँचखाल निर्माणको लागि सम्पुर्ण जनप्रतीनिधिहरुका साथै कर्मचारीहरु समेत एक भएर अगाडी बढ्नुपर्ने बताउनु भयो । पाँचखालको विकास निर्माणको बिषयमा सम्पुर्ण जनप्रतीनिधिहरुले आफ्नो काम कर्तव्य र जिम्मेवारी के हो भनेर बुझ्न जरुरी रहेको बताउनु भयो । नगरमा रहेका महिला जनप्रतिनिहरु तर्फ लक्षीत गर्दै उप—मेयर दनुवारले थप्नु भयो भत्ता पाउने ठाउमा उपस्थित हुनसक्ने तर सार्वजनिक कार्यमा उपस्थित नहुने हुंदा महिलाहरुको लिएको लक्ष पुरा नहुने वताउंदै सक्रिय ढंगबाट अगाडी बढ्नु पर्ने सुझाव दिनु भयो ।

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले पाँचखाल नगरलाई कृषि शहरको रुपमा परिचय गराउने ढंगबाट अगाडी बढेको बताउनु भयो । कानुनको जंगलमा न्याय हरायको देश भएकोले कानुनी अन्वलताको कारण सेवाग्राहिहरुले सहज ढंगबाट सेवा लिन नपाएको बताउनु भयो । नगरको लक्ष अनुसारको कार्यहरु गर्दै पाँचखाल विजुलीको गतिमा अगाडी बढेको बताउंदै कर्मचारीहरुले जनताको खलासि भएर काम गरेको वताउनु भयो ।

    कार्यक्रमा पाँचखाल प्रहरी चौकीका प्रमुख शिवप्रसाद पराजुलीले कार्य क्षेत्र ठुलो साथै जनशक्ति कम हुंदा पनि पाँचखालको सुरक्षा अवस्था मजबुत पारेको बताउनु भयो । नगरको साथ र समन्वयले गर्दा सुरक्षाको लागि थप सहज मिलेको बताउनु भयो । बजार क्षेत्रमा विगतमा हुने गरेको चोरीलाई नियन्त्रण गर्न १० वटा सि.सि. टिभि जडान गरी निगरानी राखेको बताउनु भयो ।नगरले गरेको सार्वजनिक कार्यक्रममा शान्ति सुरक्षाको बिषयमा प्रहरीले सकारात्मक भूमिका निर्वाह गरेको भनि सुन्न पाउंदा खुसि लाग्नाको साथै काम गर्ने थप उर्जा मिलेको बताउनु भयो ।

    नगरका शाखा अधिकृत रोशन पुनले संञ्चालन गरेको कार्यक्रममा शाखा अधिकृत राजेश वञ्जाराले स्वागत मन्तव्य राख्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा राजश्व संकलनको बिषयमा बढी जोड दिनुपर्ने सहभागिहरुको सुझाव रहेको थियो । दोस्रो चौमासिक प्रतिवेदनको आधारमा पाँचखाल वडा नं ६ ले गरेको कार्य अन्यत्रको तुलनामा उत्कृष्ट ठहरीएको थियो । सो वडाले गरेको राजश्व संकलन तथा विकास निर्माणको कार्यमा निर्वाह गरेको भूमिका स्वागत योग्य रहेको प्रशासकिय प्रमुख भोलाप्रसाद चापागाई तथा उप—मेयर लक्ष्मी दनुवारले बताउनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार