२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सेनेटरी प्याड तालिममा युवतीहरुको चासो


३७३५ पाठक संख्या

बनेपा-प्रत्येक महिलाहरुको अति आवश्यक साधन भित्र पर्ने सेनेटरी प्याडका बारेमा पछिल्लो समय युवतीहरुको चासो बढेको

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-प्रत्येक महिलाहरुको अति आवश्यक साधन भित्र पर्ने सेनेटरी प्याडका बारेमा पछिल्लो समय युवतीहरुको चासो बढेको छ । जसको प्रत्यक्ष प्रभाव सरोकारवाला निकायहरुमा परेको सो सम्बन्धी तालिम सञ्चालनमा देखिएको अग्रसरताले पुष्टि गरेको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय काभ्रे र घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको आयोजनामा हुन लागेको एक हप्ते सेनेटरी प्याड निर्माण तालिमको एक समारोह बीच घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख माधव गौतमले दिप प्रज्वलित गरी सोमवार बनेपामा शुभारम्भ गर्नुभएको छ ।

    तालिमको शुभारम्भ गर्दै गौतमको भनाइ थियो तालिम तालिमकै रुपमा नहोस् यसले व्यवहारमा परिवर्तन ल्याओस् जसले जिवन उपयोगी हुन प्रेरित गरोस् भन्नुहुदै महासंघले गर्ने प्रत्येक यस प्रकारका सिपमुलक कार्यक्रमको जिल्ला घरेलु कार्यालय मुक्तकण्ठले सम्मान गर्दै आवश्यक सहयोग गर्न प्रतिवद्घ रहेको धारणा राख्नुभयो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रोशनी उपाध्याय घरेल तथा साना उद्योग महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष भवानी जोशी, घरेलु तथा साना उधोग कार्यालय काभ्रेका गिता ढकाल, घरेलु तथा साना उधोग महासंघ काभ्रे शखाका महासचिव लक्ष्मी श्रेष्ठ महिला उधमी एवम् महासंग अध्यक्ष निरु वैदार, सुवासना श्रेष्ठ, आइतामायाँ तामाङ लगायतले तालिमको महत्वको बारेमा चर्चा गरेका थिए ।

    यहि ११ गते सम्म चल्ने तालिममा जिल्लाका विभिन्न स्थानका गृहिणी तथा युवतीहरुको बाक्लो सहभागिता रहेको प्रशिक्षक निरु वैदारले बताउनुभएको छ, उहाँका अनुसार काभ्रे जिल्लामा पहिलो पटक आफूहरुले सो सम्बन्धी तालिम लिएको र तालिमलाई मुलुकका विभिन्न स्थानमा गई उपयोग गरेको स्मरण गराउदै भविष्यमा पनि तालिम पश्चात सहभागीहरुले आफ्नो अनुशरण गरेमा आफू आभारी हुने र तालिमको औचित्यता पुष्ठि हुने विश्वास लिएको बताउनुभयो । यो तालिमले बेरोजगार युवतिहरुलाई सिपमुलक जनशक्तिको रुपमा स्थापित गर्ने विश्वास आफ्नो रहेको धारणा राख्दै तालिमको औचित्यता पुष्ठि गर्न आफुहरु दत्तचित्त गरेर लाग्ने बताउनुभयो ।

    त्यसैगरी तालिममा सहभागि सुनिता वैद्यको तर्क छ आफुले सिलाई सम्बन्धी सबै कोर्ष पुरा गरेतापनि सेनेटरी प्याड बनाउने अनुभव नभएकै कारण तालिममा सहभागि भएको धारणा राख्दै आफू एक व्यवसायि पनि भएकोले तालिम पश्चात यसलाई व्यवहारमा उतार्ने प्रण गर्नेछु । बजारमा प्राप्त केमिकल युक्त सेनेटरी प्याड भन्दा घरेलु निर्मित सेनेटरी प्याड टिकाउ, गुणस्तरीय र भरपर्दाे अनि सर्वसुलभ पनि हुने धारणा राख्नुभयो । हुन त यो झट्ट हेर्दा महंगो महशुस हुन सक्छ ? तर यो पुनः प्रयोग गर्न सकिने एक पटक किनेपछि राम्रोसंग स्याहार ग¥यो भने २ वर्ष सम्मको लागि ढुक्क हुने भन्ने सुनेको छु, त्यसले पनि बजारमा आएका केमिकल युक्त सेनेटरी प्याड भन्दा यो व्यवहारिक हुने विश्वास भएकै कारण तालिममा सहभागि भएको छु वैद्यले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार