२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

साहारा अनाथलयलाई टेलिकमको सहयोग


२६३४ पाठक संख्या

धुलिखेल–गत शुक्रबार नेपाल टेलिकमको तफबाट धुलिखेल वडा नं. ६ मा रहेको साहारा नेपाल नामक अनाथलयलाई

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ८, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल–गत शुक्रबार नेपाल टेलिकमको तफबाट धुलिखेल वडा नं. ६ मा रहेको साहारा नेपाल नामक अनाथलयलाई भौतिक सामानहरु सहयोग स्वरुप प्राप्त भएकोे छ । उक्त भौतिक सामानहरु औपचारिक कार्यक्रमको आयोजना गरी वितरण गरिएको साहारा नेपालले जनाएको छ । १६ जना स्वयमसेवी मनहरुको प्रयासबाट स्थापना भएको उक्त अनाथलयमा अहिले दर्जनौ साहाराविनहरुले साहारा पाएका छन् ।

    उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकमका प्रबन्धक एवम् कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठ–अभिभावक विहिन बालबालिकालाई जम्मा गरेर अभिभावकत्व प्रदान गर्नु अहिलेको परिवेशमा सहज छैन । यो असहज परिस्थितिमा साहारा नेपालले जुन कार्य गरेको छ त्यसका बारेमा जति नै प्रशंसा गरेपनि अपुग हुने प्रबन्धक श्रेष्ठको तर्क थियो । बाउआमा विहिनले बाआमाको अनुभूति गर्न पाएको देख्दा आफूहरुलाई भावुक बनाएको स्मरण गर्दै सामाजिक सेवा गर्छु भन्दैमा गर्न सकिने विषय होइन ।

    हामीले देखेजस्तो सहज पनि हुन्न त्यसैले यो अनुकरणिय कार्यको जति नै प्रशंसा गरेपनि अपुग हुने प्रबन्धक श्रेष्ठको धारणा थियो । कार्यक्रममा टेलिकमका अर्का प्रबन्धक विना डंगोल–हामीले नसोचेको, कल्पना नगरेको दृष्य यो अनाथलयमा पायौ जसबाट हामीलाई आगामी दिनमा अनाथलयलाई हेर्ने दृष्टिकोणमा अझ अपनत्व थपिएको छ । जुन सहयोग गर्ने अवसर मिल्यो त्यसका लागि साहारा नेपाललाई धन्यवाद दिन चाहान्छौँ । विशेष गरी नेपाल टेलिकमको वार्षिक क्यालेण्डर अनुसार प्रयोग नभएका प्रयोग गर्न सकिने भौतिक सामग्रीहरु सहयोगको रुपमा विभिन्न संघ संस्थाहरु र विद्यालयहरुलाई प्रदान गर्दै आएको स्मरण गर्दै आज भने अत्यन्तै आत्मसन्तुष्टि प्राप्त भएको छ । प्रबन्ध डंगोलको थप कथन थियो आइटी सम्बन्धी उपकरणहरु आगामी दिनमा साहारा नेपाल मार्फत वितरण गर्दै जानको लागि बाटो खुलेको खुलासा समेत गर्नुभयो ।

    उक्त सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दै साहारा नेपालका उप–निर्देशक जोत्सना सैँजु–आज नेपाल टेलिकमबाट जुन सहयोग साहारा नेपालले पाएको छ । त्यसका बारेमा आफुलाई भावुक बनाएको जिकिल गर्दै सो सम्बन्धमा आफुसंग चर्चा गर्ने कुनै शब्द नै नभएको बताउनुभयो । बच्चाहरुको लुगा राख्ने स्थानसमेत नभएर समस्या झेल्दै आएको अवस्थामा थियौ । तर आज नेपाल टेलिकमले अनाथ बालबालिकाको पिडामा मलम पट्टि लगाउने अनुकरणिय काम गरेको छ ।

    आफुलाई नेपाल टेलिकमले सामाजिक सेवामा यस किसिमको सहयोग पु¥याउछ भन्ने लागेकै थिएन तर आज प्रत्यक्ष भोग्न पाएँ यो सरहनिय कार्यको साहारा नेपाल मुक्त कण्ठले सम्मान गर्दछ र आगामी दिनमा यस किसिमको सहयोगको अपेक्षा पनि राख्दछ भन्नुहुदै सैँजु थप्नुहुन्छ– आइटी क्षेत्रमा रहेका ग्रामीण बस्तिका विद्यालयहरु पछाडी छन् । तसर्थ नेपाल टेलिकमले त्यस तर्फ ध्यान पु¥याउनेमा आफू आशावादी रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन कुमार माकाजु आत्माराम पौडेल, केदारकाजी मानान्धर र नेपाल टेलिकमका सम्बन्धीत फाँटका अधिकृतहरुको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार