२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अर्थीक अभावमा क्यान्सर पीडित बालिका


२७३४ पाठक संख्या

शुसिलराज गिरी पाँचखाल- ६ बर्षिया बालिका परिधी गिरीलाई अचानक रगत क्यान्सर भए पछि उनका अभिभावकले

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र १४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • शुसिलराज गिरी
    पाँचखाल- ६ बर्षिया बालिका परिधी गिरीलाई अचानक रगत क्यान्सर भए पछि उनका अभिभावकले आर्थिक अभावमा उपचार गर्न कठिन भएको छ । आर्थिक अबस्था अत्यन्त कमजोर भएकोले उपचारमा समस्या भएको भन्दै सहयोगी दाताहरुसँग सहयोगका लागि अनुरोध गरेका छन् ।

    काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका ५ घर भएकी परिधी स्थानीय ध्रुवतारा प्राईमरी स्कुलमा एक कक्षाम पढ्रदै थिईन् । अचानक आठ महिना अघि उनी बिरामी भईन् । उपचारका लागि नजिकैको धुलिखेल अस्पताल लगियो ,उनकी आमा पवित्रा गिरीले भनिन् उपचारको क्रममा रगत क्यान्सर भएको अस्पतालले बतायो ,त्यस पछि त हामी छाँँगाबाट खसे जस्तै भयौं । परिवार कि ठुली छोरी को सानै उमेरमा देखिएको यो रोग पछि उनलाई उपचारका लागि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा किमो राख्न ल्याईयो र हाल असोज देखि भने कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ,आमा पवित्राले स्वरमा आँसु झार्दै भनिन् ।

    उपचारका क्रममा भारत र जर्मनबाट औषधि मगाएर ल्याउँदा र अहिलेसम्म सबै उपचार खर्च गर्दा करीब १८ लाख रुपैयाँ सकिसकेको बताउँदै बालिका परिधिका बाबु नकुलले उनको थप उपचारका लागि आर्थिक संकट परेको भन्दै दाताहरुसँग सहयोगको याचना गरेका छन् । सामान्य दुख जिलो गरेर खान लाउने परिवारको एक सदस्यलाई रगत क्यान्सर जस्तो बिरामी भएर उपचार गर्नु परेपछि कमाउन त कता कता उपचारका लागी भएको जोहो गरेको सबै रुपैयाँ सम्पत्ति सकिएको ले थप आर्थिक चपेटा परेको बताउँछन् ।

    बाबु नकुल भन्छन,दताहरुको सानो सानो सहयोगको एक मात्र आशा छ, तपाईंको सानो सहयोगले मेरी छोरी बाच्छे भन्ने आसा छ, अब हामीहरुसँग त उपचार गर्न पनि पैसाको अभाव भैसक्यो,तपाईंको आफ्नै छोरी सम्झेर सहयोग गरिदिनुस, बाबू नकुल ले सबैलाई सहयोग को अपिल गर्नुभएको छ । उपचारका क्रममा हाल उनीहरुको परिवार काठमाडौ चण्डोलमा डेरमा बस्दै आएको छ । आर्थिक सहयोग गर्न चाहनु हुनेहरुका लागि बालिका परिधिकी आमा पवित्रा गिरीको मोवाईल नम्बर ९८४१०९७३४९ सम्पर्क गर्न बालिका परिधिको परिवारले अनुनय बिनय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार