२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकार कमजोर छैन, शान्तिसुरक्षा दिन सक्षम छ -बाँस्कोटा


३३६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र २०, बुधबार मा प्रकाशित ५ साल अघि
  • बनेपा-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो “सरकारको काम देखेर अत्तालिनेहरुले भन्ने गरेका छन् , सरकार र स्थानिय तहका जिम्मेवारी सम्हाल्नेले काम गरेनन्” । तर सरकारको पहिलो बर्षमा धेरै कुराको जोरजाम गरीसकेको छ , अवको बर्षबाट अझ शसक्त ढंगबाट बिकास निर्माण कार्य हुनेछ ।

    बनेपा नगरपालिकाको ३८ औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले आगामी बर्ष स्थानिय तहहरुमा विगतको तुलनामा बजेट बढ्ने बताउनु भयो । स्थानिय तहमा गरीने सानातिना कार्यहरु नगरपालिका, गाउंपालिका र वडा कार्यालयहरुले गर्ने बताउनु भयो । मुलुक राजनीतिक संक्रमणबाट उम्किएर निर्माण, बिकास, प्रगती र शान्तिको अपेक्षा गरिरहेको समयमा केही तत्वहरुले असान्दर्भीक, असम्भव, अलोकतान्त्रीक, हिंसाजन्य, दवाव पुर्ण, अर्थहिन खालका थोत्रा आधुनिक एकाईसौं शताब्दिका मानव समाजले अस्विकार गरेका मागहरु बोकेर स्थानिय तहलाई अनावश्यक कर थोपर्ने, कर्मचारीहरुलाई तर्साउने, नजनिर्वाचित प्रतीनिधिहरुलाई तर्साउने, पुर्वाधारका संरचनाहरु माथी हमला गर्ने हिसावले आउन खोजेको छ । केही हर्कतहरु गरे “म भन्न चाहन्छु , कृपया देशले हिंसा खोजेको छैन, हिंसाको भारी अव यो देशले थेग्दैन बोक्दैन , चाहीदैन र अस्वीकार हुन्छ” र नागरीक तहबाट पनि त्यस्ता कार्यलाइ अस्वीकार गर्नु पर्ने मन्त्री बाँस्कोटाले बताउनु भयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो विगतमा भएको जनयुद्धमा पनि हामिले देखेका छौं, त्यतिखेर हरेक बस्तिमा मानिसहरु राति सुत्न सक्दैन थिए, साँझ प¥यो की मान्छेले आफ्नो छाँयालाई आफैले त्रसित भएर भाग्नु पर्ने, लुक्नुपर्ने, तर्सिनु पर्ने अवस्था थियो । हामिले कहालि लाग्दा दिनहरु समाप्त गरेउ, हामिले बन्दुकहरु समाप्त गरेर शान्तिको विकुल फुकेउ, चाहे त्यो पुर्व माओवादीको या राजशाहिको बन्दुक होस भुईमा सुताई दिएर नागरीकको मस्तिस्कलाई सतहमा, जिवनमा ल्याउने काम गरेको बताउनु भयो । अहिले पनि आफ्ना केही कुण्ठाहरु पाल्नको निम्ति केही युवाहरुलाई बिगारेर फेरी पनि जंगल जाने तर्साउने असंम्भव र उहाँहरुले यो बुझ्नु पर्छ, सोच्ने समय छ, कृपया गोला बारुद सवै चिज बन्द गरेर नागरीकहरुलाई तर्साउन छोड्नोस, यो आतंकबाद र यसैसंग जोडिएको गन्तव्य हिन, उद्देश्यहिन, परिणाम ल्याउन नसक्ने ल्याएपनि परिकलपना गरेजस्तो तानासाही कुरा टिक्न नसक्ने परिवेशमा कम्युनिष्ट पार्टीको नाममा कमयुनिष्ट पार्टीलाई बद्नाम गर्दै कम्युनिष्ट पार्टीको चिरहरण गर्ने गरी जात्रा नौ टङ्की गरेर नेकपा नामधारी विप्लब समुह अडाडी बढ्न खोजिएको बताउनु भयो । उहाँले थप्नुभयो देशमा हिंसाको ठाउं छैन , शान्तिको मात्रै ठाउ छ ।

    सरकारलाई कमजोर नठान्नु होला सरकार शान्तिसुरक्षा कायम गर्न र प्रगति, लोकतन्त्रको चुनौतीका रुपमा आउने कुनैपनि प्रकारको अतिवादलाई पराजित गर्न सक्षम रहेको मन्त्री बाँस्कोटाले बताउनु भयो । मुलुकको बिकास र प्रगतिको कार्यहरु कुनै पनि हालतमा नरोकिने बताउनु भयो । नगरपालिकाले गर्नुपर्ने धेरै कामहरु छन् । अवको समय भनेको दिन गनेर काम गर्नुपर्ने बेला भएको बताउनु भयो । पहिलो बर्ष सिक्दैथियौं, दोस्रो बर्ष खाका तयार गरेउ यो बर्ष बर्षका हिसावले तेस्रो लाग्ने भएकोले समयलाई पुरै सदुपयोग गरेर अगाडी बढ्ने मन्त्री बाँस्कोटाले बताउनु भयो ।

    कार्यक्रममा मन्त्री बाँस्कोटाले बताउनु भयो लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई नेपाल नवनिर्माणको अवस्थामा रहेको सन्देश दिने बिषयमा सरकार तयार रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले करीब ३०० लगानीकर्ता आउने योजना भए पनि ७०० भन्दा बढी विदेशीले लगानी सम्मेलनमा सहभागिता जनाउनु नै सरकारका लागि उत्साहप्रद रहेको बताउनुभयो । उहाँले नेपाल नवनिर्माणको अवस्थामा रहेको मुलुक भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको दाबी गर्नुभयो । वर्तमान सरकारको कार्यशैली र समृद्धि यात्राबारे विश्लेषण गरेरै लगानीकर्ता नेपालप्रति उत्साहित भएको काभे्रपलाञ्चोकमा सुनकोशी–३ जलविद्युत् योजनालगायत पाँच योजना प्रस्ताव गरिने बताउनुभयो । काभे्रमा अस्पताल तथा कृषिका क्षेत्रमा लगानी गर्न प्रस्ताव गर्ने भन्नुभयो, “यी क्षेत्रमा उनीहरुले लगानी गर्ने अपेक्षा गरेका छौँ ।” उहाँले जिल्लामा रहेको सूचना प्रविधि पार्कमा सुरक्षण प्रेस स्थापनार्थ फ्रान्स सरकारसँग प्रारम्भिक सहमतिमा आफैँले हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

    कार्यक्रममा सांसद नविना लामा, प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईं लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो । नगरप्रमुख लक्ष्मीनरसिंह वादेले नगरपालिकाले हालसम्म गरेका कामको जानकारी गराउनुभएको थियो । सो अवसरमा बनेपा नगरपालिकाका संस्थापक नगरप्रमुख डा सुरेन्द्र वादे श्रेष्ठ, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, नगरका ज्येष्ठ नागरिक, नगरका उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार