२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैशाख १ मा पाँचखालमा भव्य रमझम हुदै, व्यस्थापकिय तयारी अन्तिम चरणमा


२६७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र २८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-नवबर्ष २०७६ को आगमनको पहिलो दिन बैशाख १ गते पाँचखालमा भव्य ढंगबाट मनोरञ्जन प्रदान गर्ने तयजारी भएको छ । पाँचखाल नगरको मुटु मानिने समाजकल्याण चोकमा बृहत सांगितिक कार्यक्रम गरेर पाँचखाल र आसपासका स्थानियलाई नयाँ बर्ष मनाउन अन्यत्र जान नपरोस भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा) का अध्यक्ष मिलन श्रेष्ठले बताउनु भएको छ ।

    अध्यक्ष श्रेष्ठका अनुसार नव बर्ष मनाउन पाँचखाल र आसपासका युवाहरु अन्यत्र जानेगरेको जस्को कारण अनावश्यक खर्च साथै स्थानिय स्तरमा सुनसान हुने हुंदा सो कार्यलाई रोक्दै पाँचखालको पहिचान, बजार प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको हो । साथै हामी पाँचखालका युवाहरुले पाँचखाल उद्योग बाणिज्य संघ साथै युनाईटेड फुटबल एशोसिएसन (पुफा) लाई व्यवस्थितका साथ अगाडी बढाउन समेत कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

    बृहत साँस्कृतिक कार्यक्रमको लागि करिव ८ लाख ५० हजार खर्च हुने र सो खर्चको लागि पाँचखाल नगरपालिका, स्थानिय संघसंस्था साथै स्थानिय व्यवसायिहरुले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । स्थानिय स्तरमा दुर दराजमा लुकि छिपि रहेका प्रतिभाहरुको संरक्षण साथै हौसला दिने उद्देश्यले बैशाख १ गते विहान ९ बजे देखी ११ बजे सम्म स्थानिय कलाकारहरुबाट बेजोड प्रस्तुती हुने र ११ बजे देखी साँझ ६ बजे सम्म राष्ट्रिय स्तरका कलाकारहरुबाट भरपुर्ण मनोरञ्जन प्रदान गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

    पाँचखाल उद्योग वाणिज्य संघ र पाँचखाल युनाईटेड फुटबल एशोसिएसन (पुफा) को आयोेजनामा हुने उक्त बृहत साँस्कृतिक कार्यक्रममा एम. टि ८८४८ व्याण्ड, प्रमोद निर्वान एण्ड व्याण्ड, भरत सिटौला , अविनास घिसिंङ, घमेन्द्र सेवान , शुरेस थापा (दर्शने), मिनराज पौडेल, कृषल कडेल, अनिता दंगाल (मनमाया) लगाएतका स्थानिय कलाकारहरुले बिषेश प्रस्तुती रहने छ ।

    साथमा द नेक्सट डान्सीङ कल्चर समेत हुने भएको छ । जुन कार्यले गर्दा पाँचखाल र आसपासका स्थानियहरुले नव बर्ष मनाउनको लागि टाडा धाउनु नपर्ने अवस्थाको अन्त्य हुने उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले वताउनु भयो ।

    कार्यक्रमलाई सभ्य साथै भव्य ढंगबाट सम्पन्न गराउनको लागि आयोजकहरु व्यापक ढंगबाट तयारीमा जुटेका छन् । दर्शकहरुले सहज ढंगबाट कार्यक्रम हेर्ने वातावरण, सुरक्षाको लागि सि.सि क्यामेरा, स्वयंसेवक व्यवस्था, पिउने पानीको व्यवस्था, आकर्षक ढंगको मञ्च व्यवस्था साथै आयोजकहरुले आफ्नो लोगो अंकित ३ सय टि सर्टहरु वितरण गर्ने तयारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार