२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धार्मिक एकता पितृमोक्ष का लागि धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ


३७८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ बैशाख २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • ,पाँचखाल-पाँचखाल ५ न.वडाले पहिलो पटक माझकोटदेबी उद्वघाटनको अबसर पारेर धार्मिक एकता र साथै पितृ मोक्ष को लागि समाजमा शान्ति, सुसाषण कायम होस र पाँचखाल को माथिल्लो भेग खावा क्षेत्र लाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ भन्ने बिस्वास का साथ बिराट ज्ञान महायज्ञ आयोजना गरिएको बिराट ज्ञान महायज्ञ आयोजना समीती अध्यक्ष शर्म राज गिरी ले बताउनुभयो ।

    बिराट ज्ञान महायज्ञ को उद्वघाटन मा प्रदेश सांम्सद लक्ष्मन लम्साल ,पाँचखाल नगरपालिका का प्रमुख महेस खरेल सामज सेवी तथा पाँचखाल खानेपानी का अध्यक्ष कुमार लामीछाने, वडा प्रतिनीधी ,प्रहरी,संघसंस्था का प्रतिनीधी,धार्मिक आस्था राख्ने भत्तजनहरु को उपस्थिति रहेको थियो । वडा नं ५ सिउरिङकोट खावा मा पितृमोक्ष का लागि धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ तथा माझकोटदेबी उद्वघाटनको कार्यक्रमको अवसरमा साम्सद लम्साले पाँचखाल खावा क्षेत्र का स्थानियहरु बिकास प्रेमि साथै धर्मप्रति आस्था राख्ने र बिकास निर्माणको लागि साथै धर्म र धार्मिक एकताको को लागि सप्ताहको माध्यम अपनाउनु भएकोमा खुसि व्यक्त गर्नुभयो । उत्त कार्यक्रममा पाँचखाल नगरपालिका का प्रमुख महेस खरेल ले नगर बाट बिनियोजीत रकमले मंन्दिरको निर्माण कार्य सम्पन्न भई उक्त मंन्दिर उद्वघाटन कार्यक्रममा तथा धर्म र धार्मिक एकताको को लागि सप्ताहको आयोजना भएको ठाउँमा आफु उपस्थिति हुन पाएकामा खुसि व्यक्त गर्नुभयो । साथै महेस खरेलले सप्ताहमा दानविरहरु लाइ दिल खोलेर दानगर्न र सप्ताह को उदेश्य प्राप्ती को संकलित रकमबाट अपुग भएमा आफुले र नगर ले सक्दो सहयोग गर्ने बताउनु भयो ।
    माझकोटदेबी मन्दिर व्यवस्थापन समिति एवं श्रीमद् भागवत १०८ सप्ताह विराट ज्ञान महायज्ञ समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको मुल उद्देश्य पितृमोक्ष साथै खावा वरपर रहेकोे निर्माणाधिन र निर्मीत शक्ति पिठहरु को निर्माण कार्य सम्पन्न गर्ने र ब्यबस्थीत गरि धार्मिक गन्तव्य को रुपमा बिकास गर्नु रहेको आयोजक समितिका उपाध्यक्ष हरी शरन गिरी ले बताउनु भयो ।

    कार्यक्रमको संञ्चालन गर्ने क्रममा धुर्ब तारा बोर्डीङ का प्रीन्सीपल यादब बडाल ले खावा क्षेत्र वरपर रहेको ऐतिहासिक शक्ति पिठहरु ,कृष्ण मंदिर,को प्रचार अभावमा को महसुस गरेपछि स्थानियहरुको सकृयता साथै नगरपालिकाको आर्थिक सहयोग मा प्रचार प्रसार र माझकोटदेबी मन्दिर निर्माण कार्यको सूरुवात भएको बताउनु भयो । निर्माणाधिन मंदिरको भवन निर्माण कार्य सम्पन्न भएपनि अन्य व्यवस्थापन कार्य बाँकी रहेकोले सो कार्यको पुर्णताको लागि श्रीमद् भागवत सप्ताहको आयोजना गरेको बताउदै दानविरहरुले दानगरेको रकमबाट मंदिर निर्माण कार्य सम्पन्न गर्ने बताउनु भयो ।
    बैशाख २४ गतेबाट सुरु भएको उक्त सप्ताह बैशाख ३० गते प्रमुख वाचक पसुराम काफ्ले र कथा उप—बाचक पं.सुरज सापकोटा ले हवन तिल ,अर्पन र प्साद बितरण पश्चात् समापन गरीने आयोजक ले जानकारी गराएको छ। श्रीमद् भागवत सप्ताह मा प्रमुख वाचक पसुराम काफ्ले र कथा उप—बाचक पं.सुरज सापकोटा ले दैनीक ७ देखि ११बजे पाठ पारायन र ११ः३० देखि ४ बजे कथा बाचन गर्नुहुने जानकारी आयोजकले दियको छ । पितृमोक्ष का लागी र धार्मिक आस्था भएका दानबिर को लागी साथै सप्ताह सफल बनाउन सम्पुर्ण हिन्दु धार्मिक आस्था राख्ने भत्तजन लाई निमन्त्रणा सम्त आयोजक ले गरेछ ।साथै २००० भन्दा बढी दान गर्ने दातालाई विभिन्न सम्मान गरीने जानकारी आयोजक ले गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार