२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सहकारीको अगुवाईमा बोयर बोका वितरण,कृषकको हितको खातिर नगर अगाडी बढ्दै-खरेल


२८१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले नगरमा रहेका कृषकहरुलाई सम्पन्न गराउने बिषयमा सिंगो नगरपालिका टिम निरन्तर रुपमा अगाडी बढेको बताउनु भयो ।

    बोयर बोका वितरण कार्यक्रमका प्रमुख अतिथि पाँचखालका प्रमुख खरेलले कृषकहरुको हितको लागि बिभिन्न खाले कार्यक्रमहरु अगाडी बढाएको वताउंदै पशुपालन र मौरी पालनले कृषकहरुको आम्दानिको राम्रो स्रोत हुने भएकोले कृषकहरुलाई सो तर्फ आकर्षण गराउने कार्यको थालनि गरेको बताउनु भयो ।

    पशुपालन मध्य बाख्रा पालन कार्य पनि आम्दानिको राम्रो स्रोत भएकोले बाख्राहरुमा नश्ल सुधारको लागि बोयर जातको वोकाहरु झिकाईएको बताउनु भयो । उहँले थप्नुभयो नगरपालिकाले प्रतिष्ठा कृषि सहकारी मार्फत उक्त बोकाहरु झिकाउनको लागि ६ लाख २० हजार उपलब्ध गराएको बताउनु भयो । प्रतिष्ठा कृषि सहकारीले कृषकहरुको हितको लागि मेहनत गरेर अगाडी बढेको छ जुन कार्यले गर्दा हाल पाँचखालको वडा नं ४ र ६ उन्नत जताको व्यवस्था गरेकोमा नगरमा रहेका अन्य सहकारीहरु मार्फत नगरको १३ वटै वडामा उन्नत जातका बोयर बोकाहरु उपलब्ध गराउने बताउनु भयो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले पाँचखालको बेसी भू—भागमा पशुपालन र उचाईको स्थानहरुमा मौरी पालनको लागि सहज हुने भएकोले कृषकहरुलाई मौरी सहितको घार उपलब्ध गराउने तयारी गरेको बताउनु भयो । गरिवसंग विसेश्वर कार्यक्रम अन्तर्गत उपलब्ध भएको ५२ लाख मध्य ३२ लाखको मौरी सहितको घार खरिद गरी किड्नी पिडत तथा विपन्न बर्गलाई वितरण गर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष पुर्णप्रसाद दुलालले नगरपालिकाबाट प्राप्त रकममा अपुग भएको २ लाख ५० हजार संस्थाको तर्फबाट लगानी गरी ८ लाख ७० हजारमा ६ वटा बोयर जातको वोका खरिद गरेर ल्याएको बताउनु भयो । उहाँले थप्नुभयो सहकारीले आर्थीक कारोबार मात्र नभएर सामाजिक हितकोलागि समेत कार्य गर्ने उद्देश्यका साथ संस्थाले उन्नत जातको बोकाहरु झिकाएको बताउनु भयो । व्यक्तिले पालेर बोयर जातको बोकावाट सेवा लिंदा प्रति वटा ५ सय लिने गरेकोमा नगरको सहयोगमा संस्थाको समन्वयमा उपलब्ध भएको वोकाबाट सेवा लिनेले २ सय मात्र तिर्नु पर्ने बताउनु भयो ।

    सो बोकाहरु पाल्नको लागि छनोट भएका कृषकहरुमा ज्ञान बहादुर थापा ( पाँचखाल ३ काफ्लेडिहि), जयराम सिपखान ( पाँचखाल ३ लामडिहि) , उत्तम सापकोटा ( पाँचखाल ६ दुलालथोक), कुलवहादुर श्रेष्ठ (पाँचखाल ६ नयाबस्ति) मछिन्द्र श्रेष्ठ (पाँचखाल ६ वख्रलडिहि) र कृण्ण प्र गौतम (पाँचखाल ६ पौड्यालथोक) रहेका जछन् ।

    सकहारी संस्थाका उपाध्यक्ष ज्ञानवहादुर थापाले स्वागत मन्तव्य संस्थाका व्यवस्थापक सुमन वानियाँबाट संञ्चालित उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शुनदर अधिकारी, वडा नं ४ का वडाअध्यक्ष शुन्दर तामाङ, वडा नं ६ का वडाअध्यक्ष रामशरण दुलाल, मसला बालि विकास केन्द्रका प्रमुख युवराज पाण्डे लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार