२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुरक्षाको लागि सोलारबाट झिलिमिलि,अव यात्रुलाई रुझ्न दिदैनौ- शुन्दर


३००२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिकाको मुटु मानिने साथै पाँचखाल र आसपासको क्षेत्रको व्यापारिक केन्द्रको रुपमा परिचित तामाघाट बजारको सुरक्षालाई मध्यनजर राख्दै बजार क्षेत्रमा सडक बत्तिको व्यवस्था गर्ने भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ४ को वडा कार्यालयले सो क्षेत्रमा हुने चोरी साथै सुरक्षालाई मध्यनजर राख्दै सोलार बक्तिको व्यवस्था गर्न लागेको वडा अध्यक्ष शुन्दर तामाङले जानकारी गराउनु भयो । बजारको सुरक्षाको लागि सि.सि.टिभि क्यामारा जडान गरीसकेको अवस्थामा राति उज्यालो नहुंदा उक्त क्यामराले खासै काम नगर्ने भएकोले उज्यालोको व्यवस्था गरेको बताउनु भयो ।

    ३१ लाख बजेट व्यवस्था गरी सोलार सिस्टमबाट उज्यालो व्यवस्थापन गर्न लागेको छ । झिगुखोला (तामाघाट पुल) देखी माता पलाञ्चोक भगवति आयल स्टोर सम्म २४ थान पोलमा बत्तिको व्यवस्था गरी बजारको सुरक्षा दिने र तामाघाट पुलमा राखिएको सोलारको उज्यालोले गर्दा रातिको समयमा ताम्रेश्वर घाटमा दाहासंस्कार गर्ने कार्यलाई समेत सहज हुने भएको छ । त्यसैगरी सोही बजेटबाट पाँचखालको ऐतिहासिक पलाञ्चोक मन्दिरमा ३ पोल राखि उज्यालोको व्यवस्था गर्ने भएको छ ।

    त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ४ को बजार क्षेत्रमा यात्रु प्रतिक्षालयको अभावले गर्दा अरनिको राजमार्ग हुदै यात्रा गर्ने यात्रुहरुलाई घाम पानिको समस्या भएकोले तीन स्थानमा प्रतिक्षालय निर्माण हुने भएको छ । हाल एक स्थनमा तीन लाख लागतमा निर्माण गरीसकेको र अन्य दुई ठाउमा निर्माण गर्नको लागि बजेटको व्यवस्था गर्दै गरेको वडा अध्यक्ष तामाङले बताउनु भयो । उहाँले थप्नुभयो यात्रुहरु जति रुझ्नु रुझि सके अव रुझ्ने दिन सकियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार