२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

स्वच्छ दुध उत्पादनको लागि तालिम


२८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखालमा उत्पादन हुने दुधलाई स्वच्छ ढंगबाट उत्पादन गर्ने उद्देश्यले कृषकहरु अग्रसर हुदै आएको अवस्थामा लवग्रीन नेपाल र पाँचखालमा रहेको प्रतिष्ठा कृषि सहकारीको अगुवाईमा कृषकहरुलाई तालिम प्रदान गरेको छ ।
    वातावरण, प्राङ्गारिक खेति लगायत बिभिन्न बिधामा विगत २७ बर्षदेखि पाँचखालमा कार्य गर्दै आएको लवग्रीन नेपालले वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना अन्तर्गत प्रतिष्ठा कृषि सहकारी संस्थाकोे समन्वयमा स्वच्छ दुध उत्पादन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको हो ।

    तालिमको उद्घाटन गर्दै प्रमुख प्रशिक्षक एवं जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. श्री मोगलप्रसाद शाहले कृषकसंग अन्तक्र्रिया गरी अझै पनि पशुपालन कार्य निर्वाहमुखी रहेको बताउनु भयो । त्यसै गरी लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवालीले दुध उत्पादनको स्रोतमा नै गुणस्तर कायम गर्नु पर्ने र उक्त गुणस्तरयुक्त दुधको मुल्य कृषकलाई दिन सके दुध उत्पादन आफै गुणस्तरीय हुने बताउनु भयो । दुई दिन चलेको उक्त तालिममा पशुवस्तुको छनौंट, पोशिलो घाँस व्यवस्थापन, गोठ व्यवस्थापन, सरसफाई र पशुमा लाग्ने मुख्य रोगका साथै विशेष गरी दुध उत्पादनमा अशल व्यवस्थापन अभ्यास प्रणाली बारे अन्तक्र्रियात्मक छलफल गरिएको थियो ।

    त्यसैगरी कृषकहरुले प्रमुख प्रशिक्षक एवं जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुखसंग सरकारले उपलब्ध गराउने पशुहरुमा लगाउने भ्याक्सिनहरु अपुग भएकोले सबै कृषक उक्त सेवाबाट बञ्चित भएको गुनासो गर्दा वहाँले प्रशस्त मात्रामा भ्याक्सिन उपलब्ध गराउने बताउनु भयो । तालिमको समापन गर्दै प्रतिष्ठा कृषि सहकारीका उपाध्क्ष ज्ञानबहादुर थापाले सहकारीले गुणस्तरीय दुघ उत्पादन गरी पशुपालक सदस्यहरुलाई बढी भन्दा बढी मुल्य दिन प्रयत्न रहने र लवग्रीन नेपालसंग मिलि हाल गोठ सुधारकार्य संचालन गर्न लागेको पनि बताउनु भयो ।

    उक्त तालिममा पाँचखाल नगरपालिका पशु सेवा केन्द्रका पशु चिकित्सक दत्तप्रसाद गौतम तथा पशु स्वास्थ प्राविधिक भोजराज पन्तले सहजिकरण गर्नु भएको थियो । परियोजना लवग्रीन नेपालले पाँचखाल नगरपालिका संग सहकार्य गरी संचालन गरि रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार