२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गरिवसंग विसेश्वरबाट ५२ लाख बजेट, कृषकको हितको लागि मौरीको हप तयार गर्दै


२४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-कृषि नगरीको रुपमा परिचित पाँचखालमा गरिवसंग बिसेश्वर कार्यक्रमबाट मार्फत पहिलो पटक ५२ लाख बजेट परेको छ । सो बजेटबाट खानेपानी तथा मौरी हपको व्यवस्था हुने भएको छ ।

    कृषकहरुलाई उन्नत जातको घार सहित मौरी बितरण गर्दै पाँचखाल नगरका प्रमुख महेस खरेलले हाललाई २ सय ४४ मौरी सहितको घार व्यवस्था गरेपनि क्रमस रिर्धारित क्षेत्रहरुलाई मौरीको हप क्षेत्रको रुपमा विकास गर्ने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरको माथिल्लो भागमा बसोवास गर्ने आर्थीक अवस्था कमजोर भएका नगरवासिहरुको आम्दानीको स्रोतको लागि पहिलो चरणमा मौरी व्यवस्था गरेको बताउनु भयो ।

    कार्यक्रममा नगर प्रमुख खरेलले हाल वितरण गरेको मौरी सहितको घारबाट सवै घरपरिवारलाई अपुग भएपनि आगामी बर्षमा एक घर एक मौरी घारको व्यवस्था गर्दै केही बर्ष भित्र एउटै घरमा ५ घारको दरले मौरीको व्यवस्था गर्ने उद्देस्यले कार्य थालेको बताउनु भयो । मौरीको संरक्षण, मह उत्पादन तथा घार बृद्धिको लागि आवश्यक प्राविधिकहरुको व्यवस्था नगरले गर्ने बताउनु भयो । मौरी पालक कृषकहरुलाई तालिमको व्यवस्था गरी कृषक स्वयंलाई समेत दक्ष बनाउने तयारी गरेको बताउनु भयो । उहँले थप्नुभयो गरिवसंग बिसेश्वर कार्यक्रम मार्फत प्राप्त ५२ लाख मध्य २० लाख वडा नं १२ मा पिउने पानीको साह्रै खाँचो भएकोले डिप बोरिङ्गको लागि व्यवस्था गरी ३२ लाख वजेटबाट मौरीको हपको लागि अगाडी बढेको वताउनु भयो । प्रदेस नं ३ मा भएका स्थानिय तह मध्य दुई ठाउको लागि छुट्याईएको वजेट मध्य पाँचखालको लागि आफुले पहल गर्दा गोपी मैनालीको सहयोगले बजेट ल्याउन सहज भएको बताउनु भयो ।

    नगरका प्रमुख महेश खरेलको पहलमा आयको जक्त बजेटबाट पाँचखाल नगरको ७ , ८ , ९ , ११ र १३ नं वडामा मौरी हपको व्यवस्था मिलाउन लागेको पाँचखाल कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारीले वताउनु भयो । प्रमुख अधिकारीका अनुसार सो स्थानहरु मौरी पालनको लागि उपयुक्त भएकोले कृषकहरुको आय आर्जनमा टेवा पुग्ने हुँदा छनोट गरीएको बताउनु भयो । नगरपालिकाको योजना अनुसार मौरीको हप तयार गर्नको लागि आवश्यक प्राबिधिकहरुको व्यवस्था मिलाउंदै कृषकहरुलाई समेत दक्ष बनाउने र मौरीको लागि उपयुक्त जातका बिरुवाहरुको बृक्षारोपन तथा फुल खेती गराउने बिषयमा पहल गर्ने बताउनु भयो । पहिलो चरणमा सम्बन्धित वडाका वडा अध्यक्षहरुको सिफारीसमा घार वितरण गरेपनि आगामी बर्षहरुमा थप व्यवस्था गर्दै मौरीको हपको रुपमा विकास गर्ने लक्ष रहेको बताउनु भयो ।

    कृषि प्राबिधिक रामेश्वर श्रेष्ठकाट संञ्चालित उक्त मौरी वितरण कार्यक्रममा वडा अध्यक्षहरु पुष्कर ढकाल, संजय तामाङ, किरण श्रेष्ठ, शिव शरण लामा, शुकुबिर तामाङ, कार्यपालिका सदस्य हरिशरण मिजार लगाएतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार