२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बाँदर र वदेलले गाउंलेको उठिबास, जनप्रतीनिधिसंग हार गुहार माग्दै पिडित


२५५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • कोशिदेखा-कृषकहरुले आफ्नो जिविकोपार्जनको लागि लगाएको खेती बाँदर र वदेलले सखाप रारेपछि गाँउलेहरुको उठिवास हुने भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं १३ कोशिदेखा स्थित त्रिपाठी थोकमा विगत ३ बर्षेदेखि बदेलले खेतबारीमा लगाएको खेतीमा दुःख दिदै आएकोमा पुन एक बर्ष अगाडीबाट बाँदरले थप दुःख दिन थालेपछि स्थानियहरु आफ्नो जिविकोपार्जनको लागि बसाई जानुपर्ने अवस्था आएको छ ।

    काठमाडौ स्थित पसुपति मन्दिरमा बाँदरले दुःख दिएपछि पसुपति व्यवस्थापन समितिले मन्रिमा रहेको बाँदरलाई भेनमा राखी अरनिको राजमार्ग ५२ किलो आसपासमा ल्याएर छोड्दा समस्या आएको स्थानियको भनाई रहेको छ । स्थानिय शितादेवि थपलियाका अनुसार बिगत ३ बर्ष अगाडी बदेल र बाँदरको कुनै समस्या थिएन, राम्रैसंग खेती गरेर जिविकोपार्नज गरेका थियौं । ३ बर्ष अगाडीबाट वदेलले दुःख दिन सुरु ग¥यो, जिनतिन खेती गर्दै आएका थियौं, पुन १ बर्ष अगाडीबाट बाँदरले पनि थप दुःख दिनथालेपछि खेतीबाट कुनै आम्दानि लिन सकेको अवस्था छैन थपलियाले थप्नुभयो ।

    त्यस्तैगरी स्थानिय यमलक्ष्मी थपलियाको गुनासो पनि उस्तै छ, उहां भन्नुहुन्छ—पसुपतिमा दुःख दिएपछि व्यवस्थापन गर्दा हामीलाई दुःख दिने गरी गर्नु अन्याय हो । व्यवस्थापन गर्दा ठुलो घना जंगलमा लगेर छाडेको भए बाँदरले खान पनि पाउथ्यो हामीलाइ पनि समस्या हुने थिएर । बाँदर व्यवस्थापनको नाउमा दुरगामी सोच नराख्दा हामीले गाउं छोडेर वसाई जानुपर्ने भयो थपलियाले थप्नुभयो । खेतबारीमा उत्पादन भएको अदुवा र रुख कटर बाहेक सवै सखाप पार्छ, हामी स्थानिय रुख कटर र अदुवाको भरमा बाँच्न नसक्ने भएकोले जनप्रतिनिहरुसंग हार गुहार गर्दै छौं, आशा छ हाम्रो समस्याको बिषयमा पाँचखाल नगरका मेयर महेश खरेल वडा अध्यक्ष शुकुविर तामाङले समाधान गर्नु हुन्छ होला । समस्या समाधान हुन नसके हामी कृषकले गाउं छोड्नुको कुनै विकल्पै छैन, दुखेसो पोख्नुभयो ।

    कृषकको समस्याको बिषयमा पाँचखाल नगरका प्रमुख महेस खरेलसंग सम्पर्क राख्दा उहाँले भन्नुभयो “हामी जनप्रतिनिधि शासक हैनौ, नगरवासिको सेवक हौं”। नगरवासिको कुनैपनि समस्या समाधान गर्ने हाम्रो कर्तव्य हो । कोशिदेखा स्थित त्रिपाठि थोकमा बदेल र बाँदरले दुःख दिएको हालै मात्र जानकारीमा आएको छ । सो समस्या दिर्घकालिन ढंगबाट समाधान गर्ने बिषयमा सोचेका छौं, जस्तो सुकै अवस्थामा पनि समस्या समाधान गरी स्थानियहरुलाई निर्धक्कसंग खेतिगर्ने वातावरण तयार गर्छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार