२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

भ्रष्टाचारको आरोप प्रति नगरले खेद प्रकट


२३८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ५ मा आ.व ०७४÷०७५ मा संञ्चालित खानेपानी योजनामा भ्रष्टाचार भएको भन्ने समाचारको बिषयलाई लिएर पाँचखाल नगरपालिकाले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेको छ ।

    अर्थनेपाल डट कम नामक अनलाईनले पाँचखाल नगरपालिका वडा नं ५ मा भएको खानेपानी योजना संञ्चालनको क्रममा उपभोक्ता समिति मार्फत संचालन गर्ने गरी सम्झौता गरिएको र सम्झौता गरिएको सवै आयोजनाहरुको तोकिए वमोजिंम कार्य भए नभएको समेत नियमित रुपमा वडास्तरीय एवं नगरस्तरीय अनुगमन समितिबाट अनुगमन गरी आयोजनाको मुल्यांकन गरी भुक्तानी भई महांलेखा परिक्षाको कार्यालयबाट लेखा परिक्षण हुदा समेत कुनै पनि अनियमितता नभएको भनि नगर प्रमुख महेश खरेल द्वारा हस्ताक्षरित पे्रस विज्ञप्तिमा उल्लेख भएको छ ।

    विज्ञप्तिमा उल्लेख भएको छ, वडा अध्यक्षको नामा तोकेर भ्रष्टाचारको आरोप लगाउने बिषय कुनै पनि हालतमा क्षम्य हुन नसक्ने यस किसिमको भ्रामक समाचार प्रकाशित गरी कसैको चरित्र हतया गर्ने एवं जनसमुदायमा भ्रम पैदा गर्ने कार्य नगर्न अनुरोध गर्दै तथ्यहिन समाचारको लागि कानुनी उपचार खोज्न नगरपालिका बाध्यहुने उल्लेख गरेको छ , उल्लेख भएको छ ।

    यस्तो छ नगरले जारी गरेको विज्ञप्ति

    अर्थ नेपालमा प्रकासित समाचार

     

    पाँचखाल नगरपालिका वडा अध्यक्ष माथि भ्रष्टाचारको आरोप

    अर्थ नेपाल काठमाडौं-पाँचखाल नगरपालिका वडा नं ५ मा खानेपानी आयोजनामा जनप्रतिनिधिबाट भ्रष्टाचार भएको छ । खानेपानी आयोजनाको लागि वोरिङ्ग गर्ने क्रममा उक्त नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले १० लाख ३५ हजार रुपैंया भ्रष्टाचार गरेका हुन् ।

    १८ लाखमा वोरीङ्ग गर्ने कम्पनिहरु सहमत हुंदा हुंदै वडा अध्यक्ष सापकोटाले भारतिय नं प्लेट भएको वोरिङ्ग मेसिनबाट १० लाख ३५ हजार बडीमा बोरीङ्ग गराउने जिंम्मा दिएका हुन् ।

    विना सर्त र टेण्डर उनै भारतिय नं प्लेट भएको मेसिनलाई बोरिङ्ग गर्न दिएपछि स्थानियहरु आक्रोसित छन् । भारतिय नं.प्लेट भएको गाडिले व्यवसायिक काम गर्नु गैर कानुनि हो । वडा अध्यक्ष सापकोटाले खानेपानी आयोजनामा भष्टचार गरेपछि स्थानियहरुले उक्त ठेक्का रद्ध गरी भ्रष्टाचार कसुरमा कारवाहिको माग गर्दै अख्तियारमा उजुरी हाल्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार