२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शिक्षकलाई विकासे रकम


२०२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २९, बुधबार मा प्रकाशित ५ साल अघि
  • खानीखोला-खानीखोला गाउँपालिकाले ७६ जना शिक्षकलाई गाउँपालिकाको विकासको रकमबाट मासिक तलब भुक्तानी गर्दै आएको छ ।

    ‘३८ वटा विद्यालयमा ७६ जना शिक्षकहरु निजी श्रोतमा कार्यरत छन्’–गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने–‘पहिलो गाउँ सभाबाट हामीले विकास बजेटको शसर्त अनुदान मार्फत ७५ लाख विनियोजन गरेका थियौं तर ६४ लाख मात्रै खर्च भयो । कि विद्यालय बन्द गर्नु प¥यो कि न्युन पारिश्रमिकमा पनि शिक्षकहरु राख्नु प¥यो ।’

    गाउँपालिकामा रहेका विद्यालयहरुमा १ सय १९ वटा दरवन्दी छ । भएका दरवन्दीमा १६ शिक्षक खाली छन् । विद्यार्थीको अनुपातमा शिक्षक अपुग भएकाले नीजि श्रोतमा रहेका शिक्षकहरुलाई गाउँपालिकाको श्रोतबाट तलब निकास गरिएको हो । विकास रकम तलवमा खर्च गरेको भन्दै लेखा परिक्षणमा गाउँपालिकाका नाममा बेरुजू देखिएको छ । शिक्षकहरु मध्ये प्रावि तहमा कार्यरत शिक्षकलाई न्युनतम ६ हजार, निमावि तहमा ९ हजार ५ सय र मावि तहका शिक्षकलाई १३ हजार रुपैयाँ तोकिएको छ । तेश्रो गाउँ सभाले शिक्षकहरुको तलब भुक्तानी गर्दा विद्यालयलाई अनुदान शिषर्कमा भुक्तानी गर्ने निर्णय गरेको छ ।

    चालु वर्षका लागि ७९ लाख रकम तलब बापत अनुदानमा भुक्तानी हुनेछ भने २० लाख रकम शिक्षा क्षेत्रको सुधारका लागि खर्च हुने गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले बताए । शिक्षा क्षेत्र अस्तब्यस्त भएको बताउँदै गोलेले विद्यालय निरिक्षक फर्काउँदा शिक्षकहरुको तलब तथा अन्य क्षेत्रको कार्य लथालिङ्ग भएको बताए । ४ हजार ३ जना विद्यार्थीका लागि शिक्षकहरु अपुग भएकाले तत्काल शिक्षकहरुको ब्यवस्थापनका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । गाउँपालिकामा कक्षा १ देखि १२ सम्म अध्यापन हुने ७ वटा विद्यालय छन् भने एउटा प्रस्तावित छ । ४ वटा निमावि र २६ वटा आधारभूत तहका विद्यालय छन् । १४ हजार ३ सय ९८ जनसंख्या रहेको गाउँपालिकालाई साक्षर, खुल्ला दिशामुक्त, पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार