२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीको पाँचौ नगर सभा सम्पन्न, १ अर्ब २६ करोड १ लाख २६ हजार बजेट


२२३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  •  

    पनौती-ऐतिहासिक एवं पुरातात्वीक नगरीको रुपमा परिचित पनौती नगरपालिकाको पाँचौ नगर सभा सोमबार सम्पन्न भएको छ । मुलुकमा रहेको नगरहरु मध्य छुट्टै पहिचान रहेको नगरले नगरवासिहरुको हितको खातिर बिभिन्न नयाँ नयाँ ढंगको योजनाहरुलाई प्राथमिकता दिदै अगाढी बढेको छ ।

    कृषकहरुको हित साथै नगरवासिको रकम भँैसी खरिदको नाउमा छिमेकी मुलुक भारत सम्म नपुगोस भन्ने उद्देश्यका साथ पाडा पाडीको जन्म दर्ता भैँसीको सुतकेरी भत्ताको समेत व्यवस्था गर्दै नमुना ढंगको कार्यलाई अगाडी बढाएको छ । त्यसैगरी अबिवाहित महिलाहरुका लागि समेत भत्ता दिने व्यवस्था गरी जिल्लाकै उत्कृष्ट कार्यहरु गर्न सफल पनौती नगरले प्रत्यक वडामा एक नमुना बस्ति तयार गर्ने नीति लाई अगाडी बढाएको छ । त्यसैगरी वडा नं १ र ८ मा निर्माणाधिन अवस्थामा रहेको शहीद पार्क निर्माण कार्य सम्पन्न गरी शहीदहरुप्रति सम्मान पुग्ने ढंगले कार्यलाई अगाडी बढाएको छ ।

    नगरमा रहेको ऐतिहासिक धरोहर साथै सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी अगाडी बढ्ने भएको छ । नगर क्षेत्रका सवै वडाहरुबाट सरकारी साथै सार्वजनिक जग्गाको पहिचान गरी लगत उतार गरी अध्याबधिक गर्दै संरक्षण गर्ने भएको छ । जनताले तिरेको करबाट आर्जित सम्पत्तिलाई दुरुपयोग नहोस भन्ने उद्देश्यले खर्च सम्बन्धी कार्यको मापदण्ड तर्जुमा गर्ने नीति लिएको छ ।

    पाँचौ नगरसभाबाट १ अर्ब २६ करोड १ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटन, उद्यमशिलताको विकास, कृषिको उत्पादनमा बृद्धि, पुर्वाधार बिकास, आधुनिक खेती प्रणाली समेतलदाई प्राथमिकता दिदै अघि बढ्ने भएको छ । नगरप्रमुख भिम न्यौपानेले गतबर्षको विकासको समिक्षा गर्दै २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

    समिक्षाको क्रममा पनौती नगरपजालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सम्बन्धि प्रतिवेदनमा काभ्रे एकिकृत उपत्यका खानेपानी अन्तिम चरणमा , पनौती करिडोर सडक निर्माण कार्य तीब्ररुपमा अघिबढेको उल्लेख गरेको छ । राष्ट्रपति रनिङ शिल्ड, मेयरकप फुटबल, पनौती वडा नं १ र ८ को पार्क निर्माण सम्पन्नताको क्रममा रहेको सामुदायिक विद्यालयमा ५ हजार १ सय जनालाई पोशाक व्यवस्था, सुत्केरी भैंसीलाई भत्ता वितरण, पाडापाडीको जन्मदर्ताको थालनी भएको उल्लेख छ ।

    त्यसैगरी नगरवासिहरुलाइ विशेष खालको रोग लागेमा १० हजारका दरले रकम प्रदान गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचिकृत भई वडागत बेरोजगार संख्या ८ सय ४१ रहेकोमा हाल २ सय ६४ जनालाई श्रममा संलग्न गराई कार्य गराईएको उल्लेख गरेको छ । ग्वार्को लुभु लामाटार पनौती दाहालटार पनौती नमोवुद्ध सडक राजमार्ग घोषित लुभुटार पनौती नमोबुद्ध सडक आयोजना स्वीकृत भई कार्य अधि बढेको, निर्माणाधिन रंगशाला प्रथम चरणको नगरपालिकालाई हस्तान्तरण गरेको उल्लेख गरेको छ । सार्वजनिक क्षमता विकास तथा सुशासन, नगरलाई प्रविधिमैत्री, सामाजिक विकास, जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा वडाबाट नै बितरण गरीने कार्यहरुले गर्दा बृद्ध बुद्धाहरुको लागि सहज हुने भएको छ । कार्यक्रममा नगर उपप्रमुख गीता बञ्जाराले १ अर्ब २६ करोड १ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गर्नुभयो ।

    प्रदेश नं ३ का साँसद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा अध्यक्ष इश्वर जंगमले अर्थ विधयेक, वडा अध्यक्ष सहकुल कुमार हुमागाईले बजेट बाँडफाँड सम्बन्धी, वडा अध्यक्ष बुद्ध सिं थापाले कर्मचारी सम्बन्धी, बडा अध्यक्ष गुणराज सापकोटाले कर्मचारी तलब विवरण सम्बन्धी, वडा अध्यक्ष केशव बञ्जाराले राजश्व परामर्श प्रतिवेदन , वडा अध्यक्ष किशोर थापाले अनुमोदन गराउनु पर्ने नगरको निर्णयहरु, वडा अध्यक्ष मोहनकुमार भण्डारीले ०७४÷०७५ को लेखा प्रतिवेदन, श्रीधर पाध्याय कुंईकेलले फरफार भएको योजनाहरुको प्रस्ताव पेश, वडा अध्यक्ष सुधिर सापकोटाले विपद व्यवस्थापन प्रतिवेदन, कार्यपालिका सदस्य निलम अधिकारीले न्यायिक समित प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा का जनप्रतिनीधि र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार