२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नगरका वडा अध्यक्षले रोड सफा गर्दै


२९२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • सुशील राज गिरी

    पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बाल कृष्ण सापकोटा को अगुवाईमा सडक सफाई गर्ने कार्य सम्पन्न भएको छ ।
    स्थानियहरुको समेतको सहभागीतामा पाँचखाल ५को वडा कार्यलय देखी केराघारी सम्म अरनिको राजमार्ग र आसपासका क्षेत्रहरुमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय युवा विज्ञान ढुङ्गाना को संयोजकत्वमा स्थानीय व्यक्तिहरु ,स्थानीय संघ सस्था, बिद्यालयका शिक्षक, बुद्धिजीवी, व्यबसाही ,जनप्रतिनिधि लगाएतको सहभागितामा सम्पन्न भएको थियो । पाँचखाल नगरपालिका भएपछी पाँचखाल को बजार क्षेत्र मात्र सरसफाइ हुदै आएको तर पाँचखाल को सिर मानीने पाँचखाल वडा नं ५ मा सरसफाइ बाट बञ्चित रहेको ले युवा तथा स्थानीय को सहभागितामा सरसफाइ अभियान सुरु गरिएको वडा अध्यक्ष सापकोटा ले बताउनु भयो ।

    वडा अध्यक्ष सापकोटाले थप्नुभयो हरेक कुरा सरसफाइ होस या बिकास हुनु पर्ने सिर बाट हो तर यहाँ उल्टो भएको छ, यो सरसफाइ अभियान ले सबैलाई शिक्षा मिल्ने कुरामा आफुआसाबादि रहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले आफ्नु गाउँ आफै बनाउ भन्ने अब नारा मा हैन व्यवहार मा उतार्नु यो अभियान सुरुवात गरिएको र आगामी दिन मा पाँचखाल ५ को खावा ,पिपलडाडा , लगाएतको बजार तथा गाउ मा पनि सरसफाइ गरिने र स्वच्छ ब्यक्ति स्वास्थ गाउँ बनाउन प्रत्यक वडा बासिलाई सहभागी गराउने जस्ले बिकास र वडा को हरेक कार्यक्रममा सबै को पहुँच पुग्ने र यो पाँचखाल कै नमुना वडा बन्ने मा आफु आसा बादी रहेको बताउनु भयो ।

    कार्यक्रम संयोजक विज्ञान ढुङ्गानाले पाँचखाल ५ पाँचखाल नगरपालिका को कर्नाली भएको ले बिकास होस वा यहाँ जनताले पाउने सेवा सुबिधा हरेक मा यो वडा अरु भन्दा पछाडि परेकाले अब अरुलाई दोस दिनु भन्दा आफ्नु काम आफै गरे र बिकास गर्नु पर्ने र जस बाट अरुले शिक्षा पाउनेमा आफु आशा बादी रहेको बताउनु भयो । ढुङ्गाना ले थप्नुभयो देश बिकास भएन रोजगार छैन भनेर बैदेशिक रोजगार मा जादा आफुले त्यहा कुरा कम र बिकास धेरै , बेरोजगार कम र सफाइ धेरै देखेकोले त्यो तरिका आफ्नो ठाउँ मा प्रयोग गर्न यो सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो ।

    कार्यक्रम मा सहभागी श्री गणेश मा.बि.का प्र.अ. नारायण प्रसाद सापकोटा ले भन्नुभयो हामी अरुलाई दोस दिन छोडेर आफ्नु जिम्मेवारी मात्र पुरा गर्ने हो भने यो देश बिकास हुन र स्वर्ग हुन समय लाग्दैन , हामी बैदेशिक रोजगार मा अरुको देश सरसफाइ गर्न र बिकास गर्न जान्छौं त्यहीँ काम यहाँ गर्न हामी लजाउछौ , त्यसैले हामी पछी छौ, बिकास र सरसफाइमा मा यस्ले वा त्यसले गरेछ भनेर हेर्नु नहुने बरु सबै सहभागी हुन आवाहन र अनुरोध गर्नुभएको थियो । उत्त कार्यक्रम का लागी स्थानीय कविराम सापकोटा , सुरज सापकोटा ,वडा अध्यक्ष बालकृष्ण सापकोटा लगाएतले आर्थीक सहयोग गर्नु भएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार