२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

साक्ष्यात भगवान बने वलराम


२७६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ४ साल अघि
  •  

    बनेपा-जव २० बर्ष पारी तव छोरीको बिवाहबारी, भन्ने मुलनारा का साथ अभियानलाई सरकारले कडाईका साथमा लागु गर्ने जमर्को गरी रहेको बेलामा हुन लागेको वालबिवाहलाई बनेपा नगरका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारीको पहलमा रोकीएको छ ।

    चण्डेश्वरी मंन्दिर परिसरमा जँुंगाको रेखी समेत नबसेवा बालक दुलाहको रुपमा फुरुक्क पर्दै सुटमा सजिदा र झुम्रोको बेहुली वनाएर खेल्ने उमेर जस्तो देखिने सानी नानि बेहुलिको भेषमा सजिएर घुम्दै गरेको दृश्य र नितै दुई बालकहरुको अभिभावक समेत लावा लस्कर जन्तिको दृष्यले सरकारी नीति नियमको खिल्लि उडाई रहेको भान हुन्थ्यो ।

    परम्परा अनुसार चण्डेश्वरी माईलाई साक्षी राख्दै विवाहको ८० प्रतिशत कार्य सकिदै गर्दा कसैवाट सुटुक्क उजुरी गरेपछि हल्ला खल्ला मच्चियो । उजुरी कर्ताले आफ्नो पुरानो रिसिवि साध्ने मनसायले उजुरी गर्दै कानुन सँम्मत धुलिखेलको जेलमा कोच्ने योजना बुन्दै गर्दा साच्क्ष्यात भगवान बनेर टुप्लुक्क उदाए बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी ।
    साविक विर्तादेउराली ८ घर भएका विदुर परियारको छोरी बविता परियार र रोशी गाउंपालिका वडा नं ७ का विशाल परियार विच हुदै गरेको बिवाहका बारेमा परेको उजुरीका सम्बन्धमा बुझ्न घटनास्थल पुगेका वडा अध्यक्ष्य अधिकारीले स्थलगत अवस्थाको अध्ययन गरी दुवै पक्षको सहमतिमा उक्त विवाहलाई रद्ध गरी अव आइन्दा यस्ता किसिमको कमि कमजोरी नगर्ने गरी प्रहरीको रोहवरमा दुवै पक्षलाई कागज गराई आ—आफ्नो घरपठाईएको छ । अधिकारीको सदासयताको कारणले गर्दा अप्रिय घटना घट्न पाएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार